शनिबार, कार्तिक ८ गते २०८३

राष्ट्र बैंकले ७ अर्बको विकास ऋणपत्र जारी गर्ने 

मंसिर १८, २०८० सोमबार
राष्ट्र बैंकले ७ अर्बको विकास ऋणपत्र जारी गर्ने 

नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको  २०८८ ‘च’ नामक  विकास ऋणपत्र  बिक्री गर्ने भएको छ । ८ वर्षका लागि बिक्री गर्न लागेको ऋण पत्रको  ब्याजदर बोलकबोल विधि मार्फत निर्धारण हुनेछ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने बैंकले  जनाएको छ । 

 यसमा धितो राखी कर्जां लिन वा दिन सकिने छ । यो ऋणपत्र भोली  मंगलबार २ बजे बोलकबोल र ऋणपत्र खरिद गर्न चाहनेले अनलाइफर्मात बोलकबोल पेश गर्न सक्नेछन् ।  यो प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड र १० अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता