शनिबार, कार्तिक ८ गते २०८३

दूरसञ्चार प्राधिकरणले निकाल्यो सूचना , रकम भुक्तानी नगरे अनुमतिपत्र खारेज गर्ने चेतावनी


मंसिर १७, २०८० आइतबार
दूरसञ्चार प्राधिकरणले निकाल्यो सूचना ,  रकम भुक्तानी  नगरे  अनुमतिपत्र खारेज गर्ने  चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले समयमै रकम भुक्तानी नगरकोे  भन्दै  दूरसञ्चार  सेवा प्रदायकको अनुमतिपत्र खारेज गर्ने  जनाएको छ । प्राधिकरणले आज  एक सूचना जारी गर्दै नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा नगर्ने ३० वटा सेवा प्रदायक कम्पनीको अनुमपतिपत्र खारेज गर्ने जनाएको छ । 

‘प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमतिपत्र प्राप्त देहायका सेवा प्रदायकहरुले विगत केहि वर्षदेखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक–पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेको हुँदा सूचना प्रकाशन भएको मितिले ७   दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नको लागि यसै सूचनामार्फत् जानकारी गराइन्छ’ जारी सूचनामा  भनिएको  छ ।