बुधबार, भाद्र ३ गते २०८३

कोप - २८ बिश्व सम्मेलन सफलताको शुभ कामना !

मंसिर १६, २०८० शनिबार
कोप - २८ बिश्व सम्मेलन सफलताको शुभ कामना !
 
आजको बिश्व जलवायु परिबर्तन र यसको दुष्प्रभावलाई लिएर अत्यन्तै चिन्तित छ । बिश्व स्तरमा यस समस्याको बरेमा चिन्तन मन्थन पनि भइरहेको छ । यसै क्रममा जलवायु परिबर्तनसँग सम्बन्धित २८औं अन्तर्राष्ट्रिय सम्मेलन दुबईमा चलिरहेको छ । यो सम्मेलन डिसेम्बर १२ सम्म चल्ने तय छ । यस सम्मेलनमा बिश्वभरीकिा देशहरुले जलवायु परिबर्तन सम्बन्धित बिश्व चूनौत र यस सम्बन्धि पहिल लिइएका निर्णयहरुमा के कस्तो प्रगति भएको छ र के कमी रहँदै आएको छ त्यसको समीक्षाकासाथ आगामी कार्य क्रमको मन्थन गर्ने गरेर सही निष्कर्श निकाल्ने अपेक्षा गरिएको छ । 
सम्मेलनमा नेपाल पनि प्रधानमन्त्रको नेतृत्वमा सहभागी छ । नेपालले बिकसित देशहरुले उत्सर्जित कार्बनले नेपाललाई पुराइरहेको क्षति र त्यसको निराकरण र क्षतिपूर्तिका कदमहरु बारे प्रष्ट कुरा राख्न र यसबाट लाभ लिन सकेमा नेपालको लागि यो सम्मेलनको उपादेयता हुनेछ । प्राकृतिक श्रोत साधन र जैबिक बिबिधताले भरीपूर्ण र पर्यटनको आकर्षणको केन्द्र बिश्वकै उच्च टाकुरा समेत रहेको नेपालमा पर्यावरण असन्तुलनलको जुन समस्या बहोर्नु परिरहेको छ त्यसको सही समाधान नखोजिने हो र जलवायु परिबर्तनले ल्याउने दुष्परणाबाट जोगिने उपायहरु नगरिने हो भने यस्ता सम्मेलनहरु केवल सम्मेलनका लागि मात्र ठहरिने छन् ।
जलवायु परिबर्तनको गति र त्यसले पुग्ने पृथ्वीको जीवनदायिनी शक्तिको क्षतिका बारेमा चिन्तन मन्थन मात्र होइन निराकरणका ठोस तत्कालीन र दीर्घकालीन उपाय नगर्ने हो भने जीवन र जगत जिउन लायक नहुने गरी प्रकृति र मानब समाजको क्रूरतम दोहन गरिने र अन्ततः समाप्त पारिने महाघातक खतरातिरै हामी धकेलिदै जाने छौं । त्यसैले प्रकृति र मानबजातिलाई बचाउने र यसको क्षमतालाई अक्षुण्ण राख्ने उपायहरुको खोजी गर्नु बाहेक अरु कुनै बिकल्प छैन । यस दिशामा यो दुइ हप्ताजति चल्ने बिश्व सम्मेलन संबेदनशीलरुपमाा केन्द्रित हुन सकोस् । सफलताको शुभाकामना छ ।