आइतबार, आश्विन १८ गते २०८३

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो राष्ट्रिय सभा सदस्य निर्वाचन तालिका


मंसिर १५, २०८० शुक्रबार
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो राष्ट्रिय सभा सदस्य निर्वाचन तालिका

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले २०८० माघ ११ गतेका लागि घोषणा गरिएको निर्वाचनका लागि कार्यतालिका प्रकाशित गरेको हो । 

स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन र मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ। 

राजनीतिक दल दर्ता भए पश्चात पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगले जनाएको छ । 

स्वीकृत कार्यतालिका अनुसार पौष १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ । 

त्यसैगरी पौष २० गतेदेखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। माघ ११ गते बिहान ९:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म मतदानको कार्य सञ्चालन हुने आयोगकाे तालिका रहेकाे छ।