उनै धेर अल्छेहरू फेरि आए
झिँगा मारिबस्नेहरूले सताए ।
नचल्दा यहाँ जीविका गाँसबास
युवा शक्तिले हेर बाटो तताए ।
पराधीन छन् राज्य सत्ता समाल्ने
नहिँड्ने भए मार्ग राम्रो बताए ।।
जुटून् कर्मयोगी र पो बन्छ देश
सबै देश छाडेर लाग्यौ कता ए ।
भरोसा दिने एउटै छैन कोही
निकम्माहरू मात्र व्यर्थै धताए ।
बिकेको छ नेतृत्व सर्वस्व हाम्रो
विदेशी नशामा डुबाई मताए ।
सधैँ दासझैँ सामुमा झुक्छ कुर्सी
तिनैको कुरा मान्छ जे जे जताए ।
अभ्यासस्थल :प्रतिभा निकुञ्ज
इन्द्र नारायण सुवेदी