आइतबार, कार्तिक ९ गते २०८३

एनएमबी बैंकले शेयर धनीको बनायो हात खाली 


मंसिर १४, २०८० बिहीबार
एनएमबी बैंकले शेयर धनीको बनायो हात खाली 


एनएमबी बैंकले यस बर्ष लाभांश नदिने भएको छ । कम्पनीको गत मंसिर १३ गते बसेको सञ्चालक समितिको ४५८ औं बैठकले गत आवको मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७९/०८० वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ । अन्य वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि कम्पनीले साधारणसभा आह्वान गरि पारित गर्ने छ।

बैंकले  अघिल्लो आर्थिक वर्षमा ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो । यसैगरी, कम्पनीले आव २०७६/७७ मा १६.२ प्रतिशत, आव २०७७/७८ मा १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो ।