शुक्रबार, कार्तिक ७ गते २०८३

महिला जन्मिने होइन, पुरुषप्रधान समाजले बनाएको दोश्रो दर्जाको कृपापात्र प्राणी हो 'महिला'.... ! : सिमोन द बउवेर


मंसिर १३, २०८० बुधबार
महिला जन्मिने होइन, पुरुषप्रधान समाजले बनाएको दोश्रो दर्जाको कृपापात्र प्राणी हो 'महिला'.... ! : सिमोन द बउवेर
प्रसिद्ध फ्रान्सेली दार्शनिक ज्याँ पाल सार्त्रसँग सहवास (लिभिंग टुगेदर) मा ४० वर्ष बिताएकी फ्रान्सकी प्रसिद्ध नारीवादी लेखिका सिमोन द बउवेर (Simone de Beauvoir : १९०८-१९८६) ले आजभन्दा ठीक ७४ वर्षअघि एउटा पुस्तक The Second Sex (1949) लेखेर विश्वमै तहल्का मच्चाएकी थिइन्, जसको आज पनि नारी प्रसङ्गमा उत्तिकै चर्चा छ ।
प्रत्येक वर्ष झैं यसपाली पनि 'महिला हिंसाबिरुद्धको १६ दिने अभियान' हाल चलिरहेको छ । यस अभियानको सन्दर्भमा महिला विषयक सर्वोत्कृष्ट मानिएको उनको उक्त कृतिको एक अंश यहाँ प्रस्तुत छ :
उनले सो पुस्तकमा भनेकी छन् "महिला जन्मिने होइन, पुरुषप्रधान समाजले बनाएको दोश्रो दर्जाको कृपापात्र प्राणी हो महिला.....मानवीयतामा पुरुषप्रधानता हावी छ र त मानिसले महिलालाई उनका अन्तवर्ति विशेषताका आधारमा होइन, पुरुषको सरोकारका आधारमा परिभाषित गर्दछ ।
 
उनलाई स्वयंमा स्वतन्त्र प्राणीका रुपमा मानिन्न, केवल सम्बन्धित प्राणी मात्र मानिएको छ । पुरुषको शरिर आफैँमा महिलाभन्दा अलग महत्व भएको प्रभाव दिन खोजिन्छ, जवकि महिला आफैँभित्र महत्वको खोजी गरिरहेका हुन्छन् । पुरुष आफ्नाबारे महिला बिना नै सोचिरहेको हुन्छ, परन्तु महिलाले आफ्नाबारेमा पुरुषविना सोच्नै सक्दैनन् भन्ने भ्रमले निर्देशित गर्न खोजेको छ । महिला के हुन् त्यो पुरुषको ठहरका आधारमा हुन्छ ।"
 
" यसर्थ उनलाई ‘यौनाङ्गना’ (The Sex) का रुपमा मानिन्छ, जसले गर्दा महिला पुरुषसमक्ष अनिवार्यतः यौनाङ्गना जातिका रुपमा प्रस्तुत भएको मानिन्छ । उनका बारे परिषाभा र विभेद उनी स्वयंको यथार्थका आधारमा होइन, पुरुषको मान्यतामा बनाइन्छ । उनी संयोगवश मात्र अस्तित्ववान्, अपरिहार्यतालाई निषेध गरिएको गौण स्वरुपा, पुरुष नै प्रमुख र पूर्णस्वरुप, उनी ‘गौणस्वरुपा’ ('The Other') !” -अँग्रेजीबाट मेरो स्वतन्त्र अनुवाद ।
साभार : गाैतमजीकाे मुहरपुस्तिका