शुक्रबार, कार्तिक ७ गते २०८३

पतिले धुम्रपान गर्दा धुम्रपान नगर्ने पत्नीमा पनि असर पर्ने


मंसिर ९, २०८० शनिबार
पतिले धुम्रपान गर्दा धुम्रपान नगर्ने पत्नीमा पनि असर पर्ने
धूमपान गर्ने पतिले धूमपान नगर्ने पत्नीलाई चुचुरोटको धुँवा सुँघाएरै महिलाहरूमा समेत फोक्सोको क्यान्सर र मुटुको रोग सल्काईदिईरहेका छन्.. : ताकेशी हिरायामा
ताकेशी हिरायामा (१९२३–१९९५) क्यान्सर महामारी विज्ञ र सूर्तीसेवनविरोधी अभियन्ता हुन्, जसले धूमपान गर्नेले ओकलेको वा उडाएको धुवाँले आफ्नै निकटतम मानिसलाई फोक्सोको क्यान्सर गराउँछन् भन्ने वैज्ञानिक वास्तविकता २ लाख ६५ हजार वटा मामिलाको अनुसन्धानपछि निष्कर्षको रुपमा पहिलोपल्ट सार्वजनिक गरेका थिए ।
उनको उक्त अनुसन्धानलाई विश्वस्वास्थ्य संगठन (WHO) ले पनि पहिलो सत्योत्घाटन मानेको छ । चीनको मन्चुरिया मेडिकल कलेजमा सर्जरीका प्रोफ्रेसरको छोरा भएकोले पनि उनलाई मेडिकल लाईनकै शिक्षा लिन प्रेरित गर्यो, र क्योटो युनिभर्सिटी र जोहन हप्किन्स् युनिभर्सिटीबाट उनले मेडिकल डिग्रीहरू हासिल गरे ।
१९८१ मा उनको उक्त अनुसन्धान सार्वजनिक भएपछि सूर्ती तथा चुरोट उत्पादकहरूको सर्कलमा यति ब्यापक खैलाबैला मच्चियो कि अमेरिकी र अस्ट्रेलियाई सूर्ती तथा चुरोट उद्यमीहरूले आफ्ना अतिशयोक्तिका विज्ञापनमा कैयौँ गुणा लगानी बढाए भनी WHO को सन् २००० मा प्रकाशित एक बुलेटिनमा उल्लेखित छ ('Hirayama’s work has stood the test of time' : Elisa Ong & Stanton A. Glantz, WHO 2000) ।
हिरायामाले टोक्योको नेशनल क्यान्सर सेन्टरमा दुई दशक (१९६५–८५) सेवा गरे । पश्चिमा मुलुकहरूमा सार्वजनिक स्थलमा धूमपान वा सो सरहका सेवनमा प्रतिबन्ध लगाउन असाधारण जनदबाब पैदा भयो ।
उनले क्यान्सर र केही खानपिन आदतका बीचको सम्बन्धबारे पनि अध्ययन गरे । हरिया र पहेँला सब्जीको उच्च उपभोगबाट क्यान्सरका खतरा न्युन गर्न सकिन्छ र मासु, अण्डा, बटर, चीजको बढी उपभोगले स्तन क्यान्सरको खतरा बढ्छ भन्नेमा पनि उनको गहकिलो अनुन्धान र योगदान रह्यो ।
साभार : गाैतमजीकाे मुहारपुिस्तका