आइतबार, आश्विन १८ गते २०८३

सूर्यज्योति लाइफले ल्यायाे ‘सही प्लान’

मंसिर ३, २०८० आइतबार
सूर्यज्योति लाइफले ल्यायाे ‘सही प्लान’

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘सही प्लान’ बीमा योजना सार्वजनिक गरेकाे छ । जीवन बीमा गर्दा कम प्रिमियम शुल्क, धेरै प्रतिफल र आजीवन सुरक्षा दिने लक्ष्यका साथ सही प्लान स्किम ल्याएकाे कम्पनीले जनाएकाे छ। 

‘सही प्लान’ बीमा योजनाअन्तर्गत प्रिमियम शुल्क तिरेको ६ गुणासम्म कभरेज हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश ब्रिकम खत्रीले जनाएका छन् । उनका अनुसार प्रिमियम तिर्ने अवधिपश्चात् सम्पूर्ण जीवनको सुरक्षा सो योजनाले गर्नेछ । साथै, सही प्लान योजना खरिद गरेपश्चात् ७० वर्ष पुगेपछि तिरेको सम्पूर्ण प्रिमियम रकम फिर्ता हुने उनको भनाइ छ ।

यदि सही प्लान बीमा योजना खरिद गर्दा ३५ वर्ष उमेर भएको ब्यक्तिले १५ वर्ष अवधिका लागि २५ लाख रुपैयाँ बीमा गर्याे भने वार्षिक ४० हजार रुपैयाँ बराबरको प्रिमियम शुल्क भुक्तानी गर्नु पर्ने हुन्छ । सो ब्यक्तिको उमेर ५० वर्ष पुग्दा १५ वर्षको अवधिमा करिब ६ लाख रुपैयाँ प्रिमियम शुल्क हुन आउँछ । तर, १५ वर्षपछि प्रिमियम भुक्तानी अवधि सकिएपनि कभरेज भने आजीवन नै रहने छ ।

साथै, ७० वर्ष पुगेपछि तिरेको सम्पूर्ण रकम करिब ६ लाख रुपैयाँ फिर्ता हुने सीईओ खत्रीले बताए । त्यसपछि सो ब्यक्तिको परिवारले २५ लाख रुपैयाँ दाबी भुक्तानी प्राप्त गर्नेछ । कम प्रिमियम शुल्कमा आजीवन सर्वाधिक सुरक्षा हुने गरी सुर्यज्योति लाइफले बीमा क्षेत्रमै पहिलो योजना भएको उनको दावी छ ।

कम प्रिमियममा ठूलो योजना, ७० वर्षको उमेरमा प्रिमियम फिर्ता, सीमित भुक्तानी असीमित कभरेज र परिवारलाई आर्थिक रकम हस्तान्तरण यस योजनाका मुख्य विशेषता रहेको सीईओ खत्रीले बताए ।

साथै, सही प्लान योजना खरिद गर्दा अतिरिक्त सुविधा अन्तर्गत भविष्यमा आइपर्ने दुर्घटना, अशक्तता, सर्वाधिक घातक रोगहरुविरुद्ध आर्थिक सुरक्षा गर्न सकिने कम्पनीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # suryajyoti