कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैङ्क सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी बैङ्कमा बरिष्ठ डेपुटी सिइओ रहेका थिए ।
यस अघिका बैंकका सीईओ रमेशराज अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले खनाललाई जिम्मेवारी दिएको हो ।
खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले एनआईसी एसिया र सिद्धार्थ बैंकमा पनि काम गरेका थिए । उनी साविकको कुमारी र एनसीसी बैङ्क एक आपसमा गाभिँदा कुमारीको सिइओ रहेका थिए ।