भनिन्छ, “नेपालीहरू विदेशमा सप्रिए स्वदेशमा बिग्रिए।” विदेशमा रहे–बसेका नेपालीहरूले आफ्नो सामर्थ्य र पहिचानले राष्ट्रलाई राम्रै प्रतिष्ठा दिलाएका छन् । हो, कतिपयले बदनामी पनि नकमाएका होइनन्। प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीले भारतमा नेपालीहरूको शीर ठाडो पार्ने काम गर्नुभएको छ ।
लीलबहादुर छेत्री (वि.स. १९८९– ) प्रवासमा बसोबास गर्ने, नेपाली साहित्य, खासगरी उपन्यास, कथा र आख्यान विधाको प्रसिद्ध व्यक्तित्व हो । उहाँ सात दशकदेखि नेपाली साहित्यको साधनामा लाग्नुभएको छ। तत्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उहाँलाई सोमबार, २२ कार्तिक ०७८ मा भारतको चौथो सर्बोच्च नागरिक सम्मान ‘पद्मश्री’ बाट विभूषित गर्नुभयो (फोटो)। उमेरले ९० वर्षभन्दा माथि हुनुभएको उहाँ असमको गोहाटीमा बसोबास गर्ने नेपाली मूलका भारतीय हुनुहुन्छ ।
झण्डै ७ दशक अघिको नेपालको पूर्वी पहाडी सामाजिक परिवेशलाई समेटेर लेखिएको कालजयी उपन्यास ‘बसाईं’ लगायत ‘दोबाटो’, ‘अतृप्त’ एवं ‘ब्रम्हपुत्रको छेउछाउ’, ‘तीनदशक बीस अभिव्यक्ति’, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ जस्ता आख्यान सहित १७ वटा कृतिका स्रष्टा क्षेत्रीको ‘बसाईं’ उपन्यास त्रिभुवन विश्वविद्यालयको पााठ्यक्रममा समावेश छ ।
यसअघि उहाँ नेपालबाट ‘जगदम्बाश्री पुरस्कार’ (२०७३), भारतको ‘साहित्य अकादमी पुरस्कार’ (वि.स. २०४४) साथै भारतीय गोर्खा परिसंघले ‘गोर्खा गौरव’ (वि.सं. २०७६) आदि अनेकौं प्रतिष्ठित पुरस्कारद्वारा सम्मानित हुनुभएको छ । उहाँको उपरोक्त विचार बीबीसी–नेपालीसँग बुधबार २४ कार्तिक २०७८ मा भएको कुराकानीबाट लिइएको हो ।
आफ्ना पिता–माता तथा परिवारसहित उहाँ बाल्यकालमै नेपालको तेह्रथुम (छथर, फाक्चामारा क्षेत्र) बाट अस+ममा बसाईं जानुभएको थियो । त्यसैले होला, ‘बसाईं’ उपन्यासमा तेह्रथुमे सेरोफेरोको समाजमा प्रचलित परम्परा, लवज र भावना झल्किएको पाईन्छ ।
साभार - गाैतमजीकाे मुहारपुस्तिका
चन्द्रमणि गाैतम