aविक्रमादित्य राजा नेपालको प्रचलित वंशावलीमा पनि छन ! पशुपति महात्म्यमा – ” अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्यलिच्छवि वंश प्रवर्तते ” अर्थात् सूर्यवंशी लिच्छविको प्रभावले किराँत राजालाई जिती लिच्छवि वंश सुरू भएपछि लिच्छवि वंशका पहिलाराजालाई धर्मपाल, भूमिबर्मा, विक्रमादित्य आदि भनिएको र तिनकै शासनकालदेखिनै नेपालमा विक्रम संवत् सुरू भएको बताइएको छ ! पुरातत्व विभागको प्रकाशन, श्री नयनाथ पौड्यालको सम्पादनमा निकालिएको भाषा वंशावलीले लिच्छवी राजा धर्मागतकोशासनकालमा उनको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा ( हालको नारायणहिटी ) बनाएको र त्यसैबेलादेखि विक्रम संवत् नेपालमा प्रचलनमा ल्याएको उल्लेखित छ भने विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँ भनि साँखुबज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरी आएकोदेखिन्छ ! यिनै राजाले नेपाललाई विस्तार गर्दै काशी सम्म पुर्याएका र काशीमा विश्वनाथको मन्दिर स्थापना गरेका थिए भन्ने कुरा स्कन्दपुराणको हिमवत्खण्डमा समेत उल्लेख छ ! योगी नरहरिनाथले समेत “श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः”भन्नेउल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा सिंहासन भेटिएको र त्योसिंहासनमा बत्तीसवटा पुतली थिए र त्यही भेटिएको स्थानलाई नै आज बत्तिसपुतली भनिएको हो भनेर उल्लेख गरेकाछन ! यीविक्रमादित्य नै लिच्छवि राजा भूमीवर्मा भएको र यीनको राजधानी विशालनगरमा भएको एतिहाँसिक तथ्य छ ! त्यस्तै भाषा वंशावलीलेविक्रमादित्य राजाले बज्रयोगिनीवाट पारसमणि सहित आशिर्वाद प्राप्त गरी नारायणहिटी स्थापित गरेको उल्लेख दीर्घराज प्रसाईंले“विक्रम सम्बतको इतिहास” मा स्पष्ट पार्नु भएको छ भने उत्तर भारतबाट प्रकाशित हुने पात्रोहरुले ( हेर्नुहोस महावीर पान्चांग ) यससम्बतलाई नेपाल सम्बत भनेर नामाकरण गरेको देखिएकोले यो सम्बत नेपालको मौलिक सम्बत भएको मान्नै पर्छ !
विक्रम सम्बतको ऐतिहांसिक प्रयोग:
लिच्छवी काल
=========
ईतिहांस शिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ – जुन समय ई.पू. ५८ वर्षमा यो संवत् उठान भएको थियो त्यसबेला भारतकोउज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व नदेखिएको हुदा र उज्जयनीमा उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य भएको चिन्ह नभेटिएको हुदा विक्रम संवत् हिमवत्खण्ड नेपालको आदि र मौलिक संवत् भएको पुष्टि हुन्छ ! यो सम्बत नेपालको मौलिक सम्बत हो र यसले कहिल्यै कुनै पनि प्रकारको औपनिवेसिक प्रभाव भोग्नु परेन ! त्यसैले विक्रम संवत् नेपालको गौरवमय पहिचान हो !
नेपालमा विक्रम सम्बतको प्रयोग वि.स.३८६ देखि प्रारम्भ भएको पाइएको छ भने काठमाडौँ , चपली गाउँमा रहेको अभिलेखमा लेखिएकोसंवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् भन्नेकुरा नेपालका खोजकर्ता शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तरलिच्छविकालका सम्बतहरु शक संवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित सम्बतहरुलाई विक्रम संवत् किटानीगरिदिएका छन् ! हरिसिद्धि मन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली र विक्रम संवत् ९४५मा हरिसिद्धि नाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख गरिएको पाइन्छ ! त्यसो भएकाले चाँगुनारायण लगायत लिच्छवि शासनकालका उल्लेखित सम्बतहरु सबैविक्रम संवत् नै भएको मानिन्छन् !
विक्रम संवत् १९३७ मा भारत , गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजीलगी लिच्छविकालमा उल्लेखित सम्बतहरु विक्रम संवत् ठहर्याएका थिए ! त्यसै गरी कलकत्ता विश्वविद्यालयका इतिहासका प्राध्यापकराधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन- ‘मानदेवको पालाको संवत् ३८६को चाँगुको अभिलेखको संवत्‘विक्रम संवत् हो !
मल्लकाल :
=======
जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ ! भक्तपुर दरबार नजीकैको गहिरोधाराको पश्चिम पटि्टको भित्तामा विक्रम संवत् १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्ण पट्टामा विक्रमसंवत् १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लकोअभिलेखमा विक्रम संवत् १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेलले अभिलेख संग्रहमा उल्लेख गर्नुभएको छ ! राजा भूपतेन्द्र मल्ललेविक्रम संवत् १७६३ उल्लेख गरेको कुरा भूवनलाल प्रधानले उल्लेख गर्नुभएको छ !
सेनकाल
======
मोरङका राजा हरिश्चन्द्र सेन र वृषसेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत्१७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरू भएको कुराइतिहासविद् शंकरमान राजवंशीको पुरातत्व संग्रह -२०१८)मा प्रकाशित छ ! फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकितअभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ !
शाहकाल :
======
राजा द्रव्य शाहद्वारा वि.स. १६१६ मा स्थापना गरिएको गोरखा राज्य र त्यस राज्यको एकीकृत स्वरुप र प्राचिन नेपाली समाजलेअगणित काल अघिदेखि बिक्रम सम्बत नै प्रयोग गर्दै ल्याएको छ ! नेपालमा प्रयोग भएको ज्योतिष शास्त्रले पनि बिक्रम सम्बतमा नैसमस्त प्रयोग गरेको छ ! त्यसकारण बिक्रम सम्बत् १९५८ सालमा श्री ५ पृथ्बी बीरबिक्रम शाह र प्रधानमन्त्री देव शमशेर हुदा बिक्रमसम्बत सरकारी कामकाजमा स्वीकारीएको हो ! त्यसभन्दा पहिलेका नेपालको सबैजसो इतिहास र तिथीमिती अंग्रेजले खोजेर वाअनुसन्धान गरेर लेखिदिएको हुदा ईश्वी सम्बत उल्लेख गरिएको देखिएतापनि विक्रम सम्बत लिच्छवी कालदेखिनै प्रयोग गरेको देखिन्छ !
बढामहाराज पृथ्वीनारायण शाहले उपत्यका एकीकरण गरेपछि विक्रम संवत् १८२५ को वशंतपुर दरबारको अभिलेखमा – ‘राजापृथ्वीनाराणको वंश गुहृयेकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थीर भइरह्याे ।
साभार - नारायण चापागाईको मुहारपुस्तिका
Like
Comment