आइतबार, कार्तिक ९ गते २०८३

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने


कार्तिक २४, २०८० शुक्रबार
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले  तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

  
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ । बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरुले नेपालभरका पस (पीओएस) मेसिनमा एक हजार वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबारमा ३०० रुपैयाँ अथवा ५ वटा कारोबारमा ५०० रुपैयाँ क्यासब्याक पाउनेछन् । 

पस (एइक्) मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि २०८० कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म रहेको छ । यसैगरि बैंकको मोबाइल बैंकिङ्ग ए्याप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड ‘त्क्ष्ज्ब्च्’ लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा रु ३०० सम्म क्यासब्याक पाउनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।