आइतबार, कार्तिक ९ गते २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्पप्रभावितका लागि ५० लाख सहयोग गर्ने

कार्तिक २३, २०८० बिहीबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्पप्रभावितका लागि ५० लाख सहयोग गर्ने


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग गर्ने भएको छ । बैंकले शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भुकम्प प्रभावित क्षेत्रमा पचास लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।

आज बसेको बैंकको संचालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा जम्मा गर्ने बताएको छ ।