बुधबार, भाद्र ३ गते २०८३

"ईश्वर र बुद्धसँगै रहन सक्तैनन् । ईश्वर काल्पनिक कुरा हो भने बुद्ध यथार्थ वक्ता हुन्" 

कार्तिक २३, २०८० बिहीबार
"ईश्वर र बुद्धसँगै रहन सक्तैनन् । ईश्वर काल्पनिक कुरा हो भने बुद्ध यथार्थ वक्ता हुन्" 
Rahul_Sankrityayan.jpg
राहुल साँकृत्यायन
अप्पाे दीप्पाे भव । बुद्धको दुई प्रसिद्ध स्थान-एउटा भारतको विहार राज्यको वोध गया र अर्को नेपालको लुम्बिनी । हिन्दु धर्मावलम्बीहरु बुद्ध विहारहरुमा पनि आफ्नै हिन्दु परम्पराले बुद्धलाई पनि हेर्ने गर्छन् , जो गलत छ ।
मैले बुझे सम्म बुद्धको मूर्ति सामुन्ने केही न माग्नुस । हिन्दु देवी देवता जस्तो बुद्धले केही पनि वरदान दिदैनन् । बुद्धको मूर्ति सामुन्ने रोएर , कराएर , गिडगिडाएर केही पाइनेवाला छैन । न पूजा गर्नु , न प्रार्थना गर्नु , न हाथ फैलाउनु , न दया को भिख माग्नु । उनीसँग सुखको ,समृद्धिको , चिरायू को आशीर्वाद मागेर पाइनेवाला छैन ।
वास्तवमा भन्ने हो भने बुद्ध वा बुद्ध पुरुषहरुले कसैलाई केही दिन नै सक्तैनन् । बुद्ध पुरुषले त मानिस भित्रको सुतेको चित्तलाई जगाउने मात्र हो । जो लुकेको ज्ञान छ त्यसलाइ जागृत गराउने मात्र हो। मानिसहरुसँग रहेको अपार क्षमताहरुको आभास गराउदै सबैलाई बुद्ध बन्नको लागि प्रेरित गर्ने मात्र हो , ताकि हरेक व्यक्ति बुद्ध बनोस र आफ्नो सुख र शान्तिको लागि कसैको अगाडी दयाको भिख न मागोस । यो बाटो हिंड्न् गाह्रो र लामो छ । तर सत्यको बाटो यहि होला । हिन्दु देवी देवताहरु बाट जस्तो यो बुद्ध धर्ममा चमत्कार , समत्कार केही हुनेवाला छैन ।
बुद्ध पुरुषहरुले न पैसा दिन्छन्, न पद, न मान - प्रतिष्ठा। त्यसैले कहिले पनि तपाईंहरु गौतम बुद्धकाे प्रतिमाको अगाडि फूल न चढाउनु होला । प्रार्थना न गर्नु होला । उनको प्रशंसामा मंत्र पढेर चापलुसी गर्ने, खुशामद गर्ने, र फकाउने काम कुरा न गर्नु होला । यस्तो गर्नु भयो भने तपाईंको सम्पुर्ण कोशिशहरु बेकार जान्छन् भन्ने मेरो बिचार हो।
बुद्धले बताएको कुराहरुलाई बुझ्नुस् , मनन गर्नुस्। चित्त न बुझे छोड्नुस्। बुद्ध मार्गी नै हुनु पर्छ भन्ने छैन । म बुद्ध मार्गी होइन पनि । तर म सबै धर्महरु बुझ्न खोज्छु । बस् सत्यको मार्गलाई बुझ्नुस् । बुद्ध धर्मले मानव कल्याणको चार आर्य सत्य र अष्टांगिक मार्ग बताएको रहेछ । शील, समाधि , प्रज्ञा ,प्रेम, करुणा , दया, मैत्री आदि बुद्धका दर्शनमा रहेछन् ।
त्यसैले आज बुद्धको मूर्ति / प्रतिमा लाई दुनियाँमा केहिले जुन तोडफोड र क्षति पुर्याइ रहेका छन ती सबै मुर्ख हुन जस्तो मलाई लाग्छ । कसैले बुद्ध लाई गाली र अपमान गर्दैमा रिसाउने कुरा पनि रहेनछ । किनभने बुद्ध न विहारहरुमा छन , न शास्त्रहरुमा , न मूर्तिहरुमा छन ।
बुद्धलाई भेट्ने हो भने उनले भनेको मार्गमा हिंड्नु पर्छ ।
बुद्धको ज्ञान वा दर्शननै मनुष्य भित्र रहेको मनको अँध्यारोलाई हटाइ बत्ति बाल्नु हो। अर्थात् अज्ञानता भगाइ सत्यको खोज गर्नु हो।
" ईश्वर र बुद्ध संगै रहन सक्तैनन् । ईश्वर काल्पनिक कुरा हो भने बुद्ध यथार्थ वक्ता हुन् " ।
साभार