आइतबार, कार्तिक ९ गते २०८३

ग्लोबल आइएमई बैकद्वारा ९ प्रतिशत लाभांश घोषणा


कार्तिक १९, २०८० आइतबार
ग्लोबल आइएमई बैकद्वारा ९ प्रतिशत लाभांश घोषणा


ग्लोबल आइएमई बैंकले गत वर्षको नाफाबाट  शेयर धनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने  भएको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते  बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।