आइतबार, आश्विन १८ गते २०८३

६.४ म्याग्निच्यूडको भूकम्पले जनधनको व्यापक क्षति, जाजरकोट र रुकुममा मात्रै मृतकको संख्या १२० नाघ्याे

कार्तिक १८, २०८० शनिबार
६.४ म्याग्निच्यूडको भूकम्पले जनधनको व्यापक क्षति, जाजरकोट र रुकुममा मात्रै मृतकको संख्या १२० नाघ्याे

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा १ सय २३ जनाको मृत्यु भएको छ।  

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार पछिल्लो विवरण अनुसार भूकम्पमा परी जाजरकोटमा मात्र ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ। 

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको हो। 

भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ। त्यसले गर्दा उद्धारमा समस्या भइरहेको छ।