आइतबार, आश्विन १८ गते २०८३

पहिलो पल्ट अन्तरिक्षमा तयार गरियो स्तनधारीको भ्रूण

कार्तिक १३, २०८० सोमबार
पहिलो पल्ट अन्तरिक्षमा तयार गरियो स्तनधारीको भ्रूण


बैज्ञानिकहरुले अन्तर्राष्ट्रिय स्पेश स्टेशनमा मुसाको भ्रूण तयार पारेका छन् । यस्तो प्रगति बैज्ञानिकहरुले पहिलो पटक गरेका हुन् । मानिसले पनि अन्तरिक्षमा प्रजनन गर्न सक्छन् भन्ने यसले के संकेत दिएको छ । जापानी बैज्ञानिकहरुको एउटा समूहले आफ्नो अध्ययनको दौरानमा यो अपूर्ब सफलता हासिल गरेका हुन् ।

यस जापानी समूहरुमाा जापानको यामानाशी बिश्वबिद्यालयमा एडभान्स बायोटेक्नोलाजी सेण्टरमा पढ्ने गरेका प्रोफेसर तेरुहिको वासायामाा पनि संलग्न थिए । यस समूहले अगस्ट २०२१ म कम तापमानमा जम्मा गरेर राखिएका भ्रूँणहरुलाई अन्तरिक्षमा पठाइएको थियो । यस अध्ययनम जापानी एयरोस्पेश एजेन्सीका बैज्ञानिकहरु पनि सहभागि छन् । जसले ती भ्रूणहरुलाई आईएसएसमा लगेर गएका थिए ।

अन्तरिक्ष यात्रीहरुले जतिबेला ती भ्रूणहरु लगेर गएका थिए त्यतिबेला ती आफ्नो जीवनकालको एकदमै आरम्भिक अबस्थामा थिए । तिनलाई एउटा मेशिन मार्फत जमेको अबस्थाबाट बाहिर निकालियो । त्यो मेशिन त्यसै कामका लागि बिशेष किसिमले डिजाइन गरिएको थियो । त्यसपछि चार दिनसम्म ती भ्रूणहरुलाई बढ्न दिइयो ।

बढ्न थाले भ्रूण

बैज्ञानिकहरुले भने – ‘माइक्रोग्राभिटीको परिस्थितिमा तयार गरिएका ती भ्रूणहरु बिकसित हुनथाले र ती ब्लास्टोसिस्ट्मा बदलिए’ । बास्तवमा ब्लास्टोसिस्ट्स नै ती कोशिकाहरु हुने गर्दछन् जुन फिटस र प्ल्यासेण्टामा बिकसित हुने गर्दछन् । ती ब्लास्टोसिस्टमहरुलाई पृथ्वीमा फिर्ता पठाइयो ।

यस अध्ययनका बारेमा अनलाईन साइन्स पत्रिका आईसाइन्समा एउटा रिपोर्ट छापिएको छ । त्यस रिपोर्टम भनिएको छ कि यो प्रयोगले ‘स्पष्टरुपले देखाउँदछ कि ग्र्याभिटीको कुनै खाश असर परेन’ । पृथ्वीमा पठाइएको ब्लास्टोसिस्ट्सको अध्ययन पछि तयार गरिएको त्यस रिपोर्टम बैज्ञानिकहरु भन्दछन् कि डीएनए र जीन्समा भने कुनै खाश परिबर्तन देखा परेन ।

यामानाशी बिश्वबिद्यालय र नेशनल रिसर्च इन्स्टिीच्यूट राइकेले गएको शनिबार अर्थात् २८ अक्टोबर २०२३ शनिबारका दिन जारी एउटा संयुक्त बयानम भनेका छन् कि यो आफ्नो किसिमको पहिलो अध्ययन हो जसले देखाएको छ कि स्तनधारी जीवले अन्तरिक्षमा सफल जीवन जिउन सक्छन् ।

भविष्यका लागि आवश्यक

उक्त संयुक्त बक्तब्यको बयान अनुसर ‘यो बिश्वको पहिलो यस्तो प्रयोग हो जसमा स्तनधारी जीवहरुको आरम्भिक समयका भू्रणहरुलाई  आईएसएसम पूर्णरुपले माइक्रेग्र्याभिटीको परिस्थितिमा तयार गरियो । आईएसएसमा तयार ती ब्लास्टोसिस्ट्सलाई अब मुसाभित्र प्रत्यारोपित गर्नु पर्छ जसले गर्दा के देख्न सकिने छ भने मुसाले ती भ्रूण्हरुबाट बच्चा जन्माउन सक्छ कि सक्तैन’ ।

जति जति मानिस अन्तरिक्षतर्फ बढ्दै गएको छ, चन्द्रमामा बस्तीहरु बसाउने जस्ता कल्पना बास्तबिकताको नजिक देखापर्न थालेका छन् । यस्तो स्थितिम यी प्रयोगहरु निकै महत्वपूर्ण छन् । किनभने तिनकै माध्यमबाट बैज्ञानिकहरुले अनुकूल परिस्थिति तयार पार्न सक्नेछन् ।

नासाको आर्टेमिस कार्यक्रम अन्तरगत मानिलाई चन्द्रमामा पठाउने योजना छ, परिणामतः के बुझ्न सकियोस् कि लामो अवधिसम्म चन्द्रमामा कसरी रहन सकिएला र के त्यहाँबाट मंगल ग्रहको यात्रा गर्ने योजना पनि बनाउन सकिन्छ । 

–बिभिन्न बैज्ञानिक श्राेत

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता