नेपाल राष्ट्र बैंकले नेरूडे र मिर्मिरे लघुवित्तलाई एकआपसमा मर्जरका लागि स्वीकृति दिएको छ ।
विराटनगर महानगरपालिका–३ मा केन्द्रीय कार्यालय रहेको नेरूडे र बनेपा नगरपालिका–८ मा केन्द्रीय कार्यालय रहेको मिर्मिरको गतबर्ष ११ पुस २०७९ मा एकआपसमा गाभ्नेरगाभिने सम्झौता भएको थियो ।
मर्जरका लागि दुवै कम्पनीको स्वाप रेसियो १ बराबर १ अनुपात कायम हुने छ । बजारमा दुवै कम्पनीको सेयर मूल्य पनि करिब उस्तै छ । कारोबार बन्द हुँदा मिर्मिरेको मूल्य प्रतिकित्ता ५८१ रुपैयाँ र नेरूडेको ५५९ रुपैयाँ छ ।