आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रसङ्घका महासचिव गुटेरस नेपालमा, चारदिने भ्रमणमा नाम्चे, पोखरा र लुम्बिनी जाने

कार्तिक १२, २०८० आइतबार
राष्ट्रसङ्घका महासचिव गुटेरस नेपालमा, चारदिने भ्रमणमा नाम्चे, पोखरा र लुम्बिनी जाने

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस नेपाल आएका छन् । चारदिने औपचारिक भ्रमणका लागि राति एक बजे काठमाडौँ ओर्लिएका  गुटरेसले पहिलो दिन महत्वपूर्ण भेटवार्ता गर्नेछन् । 

आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने छन् । त्यसैगरी गुटेरसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संसद् भवन नयाँ बानेश्वरमा  भेट गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

महासचिव गुटेरसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आझ साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटेरसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

  • सम्बन्धित विषय:

  • # एन्टोनियो गुटरेस
  • # António Guterres
  • # UN
  • # राष्ट्रसंङ्घ