आइतबार, आश्विन १८ गते २०८३

इजरायली बम बर्षाबाट कम्तिमा ७७०३ प्यालेस्टिनहरूकाे मृत्यु


कार्तिक १२, २०८० आइतबार
इजरायली बम बर्षाबाट कम्तिमा  ७७०३  प्यालेस्टिनहरूकाे मृत्यु

गाजा, सिन्ह्वा एजेन्सी । गाजा पट्टीमा इजरायली सेनाको आक्रमणमा परी प्यालेस्टिनीको मृत्यु हुनेको संख्या सात हजार ७०३ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

युद्ध सुरु भएयता अहिलेसम्म १९ हजार ७४३ जना प्यालेस्टिनी घाइते भएको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

गत अक्टोबर ७ मा गाजामा शासन गर्ने हमासका लडाकुसमूहले इजरायली सेनाको टार्गेट र शहरमा गरेको अकस्मात आक्रमणको बदलामा इजरायलले गाजाविरुद्ध व्यापक हवाई आक्रमण र स्थलगत कारबाही सुरु गरेको छ ।