आइतबार, आश्विन १८ गते २०८३

सार्कका १५औ महासचिव गोलाम सरबरले कार्यभार सम्हाले


कार्तिक ११, २०८० शनिबार
सार्कका १५औ महासचिव गोलाम सरबरले कार्यभार सम्हाले

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त १५औ महासचिव गोलाम सरबरले कार्यभार सम्हालेका छन् । महासचिव  सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मंगलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले आज जनाएको छ । उनी बंगलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन् ।

सरवलरले सन् १९९१ मा बंगलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका हुन् । यस अघि  सरवरले मलेसिया, ओमन, स्वीडेनमा बंगलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन् । उनले क्वालालम्पुर, काठमाडौं, याङ्गुन र वाशिङ्टन डिसीमा पनि बंगलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका हुन् ।

सन् १९६६ मा जन्मिएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेकाे र  जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन् ।