शुक्रबार, कार्तिक ७ गते २०८३

क्रूर हिंसाको जातिबादी साम्राज्यबादी आक्रमण बन्द गर – डाइलेमा अफ ह्यूम्यानिटी

कार्तिक ३, २०८० शुक्रबार
क्रूर हिंसाको जातिबादी साम्राज्यबादी आक्रमण बन्द गर – डाइलेमा अफ ह्यूम्यानिटी

१.दक्षिण अफ्रिकाको जोहानेशबर्गमा यही अक्टोबर १४–१८ मा सम्पन्न ‘डाइलेमा अफ ह्यूमानिटको’तेश्रो अन्तर्राष्ट्रय सम्मेलनले पेलेस्टिनको गाजा क्षेत्रमा रहेको अस्पतालमा बम हमला गरी इजरायलले  मच्चाएको क्रूर एबं नृशंश  मानब हत्याको तीब्र निन्दा र घोर भत्र्सना गरेको छ । सम्मेलनले बिश्वका सम्पूर्ण न्यायप्रेमी, प्रगतिशील, बामपन्थी तथा क्रान्तिकारी शक्तिसँग पेलेस्टिनी जनताको सार्बभौमिक अखण्डता  र स्वाधीन राज्यको पक्षमा दृढतापूर्ब खडा हुन र इजरायले जबर्जस्ती कब्जा गरेको पेलेस्टिनी भूमि फिर्ता गराउन सशक्त भूमिका खेलोस भन्ने बिशेष आग्रह गरेको छ । निर्दोष र निहत्था जनताको हत्या जस्तो घोर अमानबीय कार्य रोक्न र पेलेस्टिनी जनताको पक्षमा जनमत सिर्जना गर्न बिभिन्न कार्यक्रम गर्न पनि बिशेष जोड दिएको छ । 

२.भारतको मोदी शासनले प्रगतिशील र जनबादी सञ्चार माध्यमहरुमाथि जथाभावी आक्रमण गरेर जनताको आवाज दबाउने निन्दनीय काम गरिहेको उल्लेख गर्दै सम्मेलननले भारतमा न्यूजक्लिकमा कार्यरत सञ्चाकर्मीरुको खानतलासी लिने, धरपकड गर्ने  र जेल हाल्ने जुन दमनकारी कार्य गरिरहेको छ त्यसका बिरुद्ध जोहनेशबर्ग ‘ह्यूमानिटी सम्मेलन’ले तीब्र निन्दा र भर्त्सना गर्दै पक्राउ परिएका, लेखक, कलाकार, सञ्चारकर्मी र सामाजिक सक्रियताबादीहरु लगायत सबै परिबर्तनका लागि बिकल्प खोजीरहेका मानिसहरुमाथिको धरपकड रोक्न, पक्राउ परेकाहरु सबैलाई तत्काल रिहा गर भन्ने पनि सम्मेलनले निर्णय लिएको छ ।


३.यो बिश्व सम्मेलनले क्यूबामाथि ६ दशकदेखिको अमेरिकी नाकाबान्दीको तीब्र निन्दा र भत्र्सना गर्दै त्यो क्रूर र अमानबीय नाकाबान्दी तुरुन्त रोक स्वाधीन राष्ट्रहरुमाथिक यास्ता अमानबीय क्रूरता बन्द गर भन्ने जोडदार आवाज उठाएको  छ।

४.यो बिश्व सम्मेलनले बिश्वमा बिभिन्न किसिमले शोषण गरिरहेको बिश्व साम्राज्यबाद र यसका सहयात्रीहरुले मानबताका बिरुद्ध राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक सबै मोर्चामा जुन हमला बोलिरहेकाक छन् र प्रकृति र मानबताकै बिरुद्ध अपराध गरिहेका छन् त्यसको बिरुद्ध खडा हुन र अब केवल बैज्ञानिक समाजबाद मात्र भबिष्यको बिकल्पन हुन सक्छ भन्ने कुरा यावत बस्तुगत कुराले प्रष्ट पारेको महत्वपूर्ण निष्कर्श निकालेको छ ।

सम्मेलनमा एशिया, अफ्रिका, दक्षिण अमेरिका, यूरोप र अष्ट्रलिया लगायतका बिभिन्न देशका कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु, बामपन्थी शक्तिहरु, प्रगतिशील तह र तप्काका जन समुदायकाक प्रतिनिधिहरु समेत गरी करीब पाँचसचय प्रतिनिधि तथा पर्यबेक्षकहरु सक्रिय सहभागी रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता