बुधबार, भाद्र ३ गते २०८३

काेटेश्वरमा ३५ जनाले रक्तदान दिए १७ जनाले दिन पाएनन्

भाद्र २१, २०७८ सोमबार
काेटेश्वरमा ३५ जनाले रक्तदान दिए १७ जनाले दिन पाएनन्

ब्लड डोनर्स एसोसिएसन (ब्लोदान) कोटेश्वर भेगीय शाखाको तत्वावधानमा यही भाद्र १९ गते सेतीओपी मार्गको डीआरएस विद्यालय प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ब्लोदान शाखाका नवनिर्वाचित अध्यक्ष चेतनाथ काफ्ले, निवर्तमान अध्यक्ष रवि रिमाल लगायतको उपस्थिति रहेको थियो ।

ब्लोदान पूर्वी भेगीय क्षेत्र कोटेश्वरको आह्वानमा लायन्स अफ काठमाण्डौ बुढीगण्डकी र ह्वाइट हाउस गर्ल्स होस्टल कोटेश्वरको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा डुक कुमार श्रेष्ठ, नवराज थापा, क्षितिज रिमाल, रामकृष्ण घोरासइनी, दिनेश श्रेष्ठ, दिनेश वन, गरिमा राइ, रिता खड्का, नवराज नगरकोटी, दीपा तण्डुकार, निरज कोइराला, प्रतिष्मा थापा, नवराज सापकोटा, चन्दन चौधरी, तुलराज तिमल्सिना, श्रीराम हरि अधिकारी, स्वागत केसी, मनोज राइ, शिवराम लम्साल, हरि वस्नेत, जयराम कार्कि, संगीता तण्डुकार, जयराम खड्का, कविता कार्की, दिनेश केसी, टीकालाल श्रेष्ठ, ऋदिमा मानन्धर, किरण देउजा, विष्णुहरी सापकोटा, प्रशान्त अधिकारी, जनकप्रसाद सिग्देल, प्रशुन खड्का, धन बहादुर थापा मगर समेत ३५ जना महानुभावहरूले रक्तदान गरेका थिए  । 

रक्तदानमा प्राविधिक सहयोग रक्त संचार सेवा कान्तिपुरको रहेको थियो भने कोटेश्वर सेतीओपी यूवा क्लव र डिआरएस स्कूलको विशेष सहयोग रहेको थियो ।

कोभिड–१९ को भर्खरै खोप लिएकाले अन्य १७ जनाले भने रक्तदान दिन उत्सुक भएपनि सहभागी हुन पाएनन् । उनीहरूले खोप लिएको १५ दिन नपुगेकोले रक्तदान दिन नपाएका हुन् ।

donationkaryakram.jpg

donationcertificate.jpg

Donationblood.jpg