आइतबार, कार्तिक ९ गते २०८३

सानिमा सेक्यूरिटीजद्धारा विधिवत कारोबार सुरु 

आश्विन २९, २०८० सोमबार
सानिमा सेक्यूरिटीजद्धारा विधिवत कारोबार सुरु 


 सानिमा सेक्यूरिटीज लिमिटेड ब्रोकर नं. ८३ ले अजबाट  देखि आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ । उक्त कार्यक्रमको  समुद्घाटन सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  निश्चल राज पाण्डे र यस सानिमा सेक्यूरिटीज लिमिटेडका संचालकहरुले  संयुक्त रुपमा गरेको थिए ।

बैंकका   प्रमुख कार्यकारी अधिकृत पाण्डेले  सानिमा सेक्यूरिटीजको बिधिवत रुपमा कारोबार संचालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको  रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।  सानिमाले गत श्रावण १० गते   नेपाल धितोपत्र बोर्ड बाट र  भाद्र २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड बाट सदस्यता प्राप्त गरेको थियो  ।