आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु. २०० नगद फिर्ता गर्ने योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु. २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् । नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्धन गर्ने हेतुले सार्वजनिक गरिएको उक्त योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैें किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।
हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
नेपालपत्र संवाददाता