शनिबार, आश्विन १७ गते २०८३

इजरायलमा रहेका २५३ विद्यार्थी नेपाल एयरलाइन्सको विमानबाट फर्किंदै

आश्विन २५, २०८० बिहीबार
इजरायलमा रहेका २५३ विद्यार्थी नेपाल एयरलाइन्सको विमानबाट फर्किंदै

युद्धरत अवस्थामा इजरायलमा रहेका नेपाल फर्कन चाहने २५३ नेपाली विद्यार्थी आज नेपाल फर्किंदै छन् । विद्यार्थी लिएर विमान नेपालतर्फ उडेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनीहरुलाई लिन नेपाल एयरलायन्सको दल परराष्ट्र मन्त्री एनपी सावदसहित बुधबार इजरायल गएको थियाे ।

इजरायलको तेलअभिभ शहरमा अवस्थित बेन गुरियन एयरपोर्टबाट उनीहरु नेपालका लागि  फिर्ता हुन लागेको हाे । बिमान रातिसम्म त्रिभुवनविमानस्थलमा अवतरण हुनेछ ।