आइतबार, कार्तिक ९ गते २०८३

नयाँ नोट सटही असोज २९ गतेबाट 

आश्विन २१, २०८० आइतबार
नयाँ नोट सटही असोज २९ गतेबाट 

दसैंतिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले असोज २९ गतेबाट नयाँ नोट सटही सुरु गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गर्ने जनाएको छ।

 सर्वसाधारणको लामो लाइन नलागोस्, सहजै नोट साट्न पाउन् भनेर राष्ट्र बैंकले बाणिज्य बैंकका तोकिएका शाखाहरुलाई नयाँ नोट उपलब्ध गराउने छ।  राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ। 

पाँचको एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराउने छ। एउटा प्याकेटमा सय वटा नोट हुन्छन्। यसको कुल मूल्य १८ हजार ५०० रुपैयाँ हुन्छ।