आइतबार, कार्तिक ९ गते २०८३

इजरायलमा चर्कियो युद्ध, दर्जनौंको मृत्यु, नेपाली समुदाय त्रासमा

आश्विन २०, २०८० शनिबार
इजरायलमा चर्कियो युद्ध, दर्जनौंको मृत्यु, नेपाली समुदाय त्रासमा

 

इजरायल र पेलेस्टिनबीच शनिबार बिहानबाट अचानक युद्ध भड्किएको छ । एकाबिहानैबाट प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासले गरेको रकेट प्रहारका क्रममा इजराइली क्षेत्रमा कम्तीमा ४० जनाको ज्यान गएको बताइएको छ। 

हमलापछि त्यहाँ रहेको नेपाली समुदाय त्रासमा परेको छ । नेपाली समुदायका विद्यार्थी तथा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु हताहत भएको हुनसक्ने विभिन्न अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । कतिपय लडाकुहरुको कब्जामा परेको हुनसक्ने अनुमान गरिएको छ । 

शनिवार बिहान हमासका लडाकुहरूले गाजा क्षेत्रमामा प्रवेश गरेर आक्रमण सुरु गर्नुका साथै रकेट हमला गरेका छन् । हमासको आक्रमणको जवाफमा इजरेलले पनि गाजामा प्यालेस्टिनी क्षेत्रहरूमा बमबारी गरिरहेको छ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरेल ‘युद्धमा रहेको र गाजाको शासक हमासले’ उसले कहिल्यै नसोचेको मूल्य चुकाउनु पर्ने’ बताएका छन्।  

इजरायली सेनाले गाजा पट्टीमा हमास समूह विरुद्ध ‘अपरेशन आयरन स्वर्ड्स’ सुरु गरेको पनि बताएको छ। सरकारले देशभर युद्धकालिन अवस्था घोषणा गरी इमरजेन्सी लागु गरेको छ ।