माछापुच्छ्रे बैंक लिमिटेडको पच्चीसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जीपी राजबहाक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ।
बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बराबर १ अर्ब ३६ करोड ४२ लाख एक हजार ६९२ रुपैयाँ बोनस शेयर र चुक्ता पूँजीको ०.७० प्रतिशत हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ नगद लाभांश ९कर प्रयोजनको लागि० गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित रहेको छ ।