आइतबार, कार्तिक ९ गते २०८३

हिमालयन बैंकले  काठमाडौंको  खिचापोखरीमा भवन बनाउने 

आश्विन १६, २०८० मंगलबार
हिमालयन बैंकले  काठमाडौंको  खिचापोखरीमा भवन बनाउने 

हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरी, न्यूरोड  स्थित  भवन निर्माणको लागि शिलान्यास गरेको छ । बैंकका अध्यक्ष   प्रचण्ड बहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा  गरेको हुन् । उक्त विशेष समारोहमा  संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

 अध्यक्ष श्रेष्ठले बैंकले सो भवन निर्माणको लागि शिलान्यास गर्न पाउँदा खुशी व्यक्त गरे ।  सो अवसरमा उनले देशका विभिन्न प्रमुख शहरहरु जस्तै इटहरी, विरगंज, भैरहवा बाट बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ भने काठमाडौको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराए । त्यस्तै बैंकले भरतपुर र नेपालगंजमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरि ग्राहकहरुलाई सेवा प्रदान गर्ने योजना रहेको  बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत  अशोक शम्शेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकहरुलाई विशेष तथा परिष्कृत बंैकिङ्ग सेवा–सुबिधा प्रदान गर्ने उद्देश्य राखेको  बताए । यसबाट बैंकका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गरे । हाल बैंकले देश भरि रहेका १७६ शाखा, २६८ ए टि एम, २० विस्तारित काउन्टर तथा १७००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरु बाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।