हिमाल रेमिटबाट हुने रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत पाउन सकिने भएको छ । विश्वका जुनसुकै देशबाट आफन्तहरुले हिमाल रेमिटमार्फत पठाएको रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सिएफएस रेमिट प्रालिकाबीच यसअघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र प्रिन्सिपल एजेन्ट सिएफएस रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले हस्ताक्षर गरेका हुन् ।
बैंकले सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८४ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६५ वटा एक्स्टेन्सन काउण्टर र विभिन्न डिजिटल प्लाटफर्महरुमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।