शहबाज खान/कपिलवस्तु कपिलवस्तु प्रहरीले ठूलो मात्रामा बहुमुल्य काठ रक्तचंदन सहित आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। अर्घाखाचीबाट कपिलवस्तु ल्याउदै गरेको ना ५ ख ७३ ८२ नम्बरको ट्रक र लु २ च १६३९ नम्बरको बोलेरो जीपमा ल्याउदै गरेको ६ कुंटल ५३ किलो १५०ग्राम रक्तचंदन कपिलवस्तुको बुद्ध भुमि नगरपालिका १ पत्थरकोटमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ।

पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका ३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की र अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका ३ का नीम बहादुर नेपाली रहेका छन् । रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।
शहबाज खान