सर्बप्रथम जनबादी गणतन्त्र चीन स्थापना भएको ७४औं बार्षिकोत्सबमा सामन्तबाद तथा साम्राज्यबाद बिरोधी आधुनिक चीनका महान नेता तथा बिश्व कम्युनिष्ट आन्दोलनका बीसौ शताब्दीका अग्रज कमरेड माओप्रति उच्च आदरकासाथ स्मरण प्रकट गर्दै उहाँकोनेतृत्वमा चीनका बीर जनताले सामन्तबाद र साम्राज्यबादलाई चिनीया भूमिबाट परास्त गरेर उन्नत र आधुनिक चीनको निर्माण गर्न जुन बलिदानपूर्ण संघर्ष गरे ती महान जनताप्रति पनि हार्दिक र उच्च सम्मान प्रकट गर्न चाहन्छु ।
यतिबेल चीनले जसरी द्रूत गतिमा दीगो र शतत विकासको बाटो तय गर्दै र एक पछि अर्काे सफलता हासिल गर्दै गइरहेको छ त्यसले चीनले विकास पक्षेपण गरे जस्तै आगामी २०५० मा विश्वको एक नम्बरको बिश्व शक्तिकोरुपमा खडा हुने कुरामा बिश्वस्त हुन सकिने स्थिति बन्दै गएको देखिन्छ । बितेको ४० बर्षयताको चीनको प्रगतिको गति र स्थितिलाई वस्तुवादी भएर आकलन गरिएमा चीन जुन योजना र परिणामदायी कार्यान्वयनको बाटो पक्रेर निरन्तर अघि बढि रहेको छ त्यसले उसको विकास प्रक्षेपणबाट आशातित परिणाम प्राप्त हुने कुरामा कुनै सन्देह रहन्न । चीनले यस विकास प्रकृयामा मध्यम स्तरीय सम्पन्नताको हैसियतमा चीनीयाँ जनतालाई उठाउने र त्यसपछि अझ उच्च स्तरीय विकासको हैसियतमा पुर्याउने याउने अठोट र दृढ संकल्प लिएकोछ ।
चीनको केवल आर्थिक विकासको एक पक्षीय कुरा मात्र यो होइन, त्यसमा थप अर्थ–सामाजिक–साँस्कृतिक रुपान्तरणको बृहत र महत्वाकाक्षी राष्ट्रिय अभियानकैरुपमा चीनलाई अझ अग्र गति दिने प्रयत्न चीनको नेतृत्वले गरिरहेको छ । यसका लागि झण्डै डेढ अर्ब पुग्न लागेको जनसख्ंयाको शिक्षा, स्वास्थ्य, रोजगारी र आवासको समस्या हल गर्ने र तिनलाई शतत निरन्तर स्तरीय र उन्नत तुल्याउदै अघि बढ्ने कुरा कम चूनौतिपूर्ण छैन । तर चीनको नेतृत्व चिनीया जनतालाई एकतावद्ध, निपुण र सक्रिय तुल्याउँदै आन्तरिक र बाह्य सबै प्रकारका चूनौतिहरुको सामना गर्न दृढतापूर्वक अग्रसर रहेको प्रतीत हुन्छ । यसका लागि चीनले बिश्वभरी नै र मूलत: चीनको वरिपरी शान्ति र स्थिरता चाहेको छ ।
त्यसैले त्यस अनुकूलको न्यानो र सहज सम्वन्ध कायम गर्न पनि यस परिपरिप्रेक्षमा चीन परिपक्क र सुझबुझपूर्ण किसिमले अघि बढिरहेको छ । छिमेकी देशहरू कतिपयसँग चीनसँगकाे सम्वन्धमा समस्याहरू पनि रहेका र बल्झिरहेका पनि छन् । तर ती समस्याहरू परस्पर सम्बादकाे माध्यमबाट सही किसिमले सुल्झिन सक्ने समस्या छन् । तिनकाे बैज्ञानिक समझदारीपूर्ण र न्यायपूर्ण समाधान खाेजिनै पर्दछ ।
यस परिप्रेक्षमा वास्तवमा चीनले अहिले पुरानो ऐतिहासिक रेशम मार्गलाई पुनर्जीबित तुल्याउदै र त्यसलाई अत्याधुनिक बनाउँदै जाने जुन बाटो पक्रेको छ त्यसले चीनकाे आफ्नो मात्र होइन आफ्ना वरिपरीका छिमेकी देशहरुका साथै विश्वभरीका देशहरूकै बिकासको साझा अभियानका साझेदार बनुन् र बन्नु पर्दछ भन्ने मान्यता राखिरहेको छ । यस क्रममा उसले जुन ‘एक पेटी एक पथ’को महत्वपूर्ण र महत्वाकांक्षी परियोजना अघि सारेको छ त्यो विकासलाई विस्तृत र ब्यापक तुल्याउने र त्यसका निमित्त सबै देशहरु मिलेर जानु पर्ने बाटो तय गरिरहेको छ ।
त्यसका लागि युद्ध र युद्धजन्य परिस्थिति होइन शान्ति, परस्पर बिश्वास र सम्मान तथा समानताको स्थिति चाहिन्छ । वस्तुत: चीन यसै हिसाबले अघिबढ्न यत्नशील रहेको देखिन्छ र सर्बत्र र दीगो शान्ति चाहन्छ भन्ने कुरालाई नै प्रष्ट पार्दछ । अहिलेसम्मको चीनको विकास प्रयत्न र परिणामले पनि चीनलाई यही बाटोमा हिड्ने आधार प्रदान गरेको देखिन्छ । अर्को कुनै बाटो उसका अगाडि छैन ।
त्यसैले चीनले आफ्नो समाजलाई ‘चीनीयाँ चरित्रको समाजवाद’को उन्नत, न्याय, समानता र प्रगतिको बाटोमा डोर्याउन चाहेको कुरा बारम्बार दोहोर्याउने गरिरहेको छ । यसका लागि मार्क्सबादलाई नै सैद्धान्तिक आधार मानिरहेको छ र अरु कुनै वादतिर उसको आशा र भरोसा छैन भन्ने कुरा फेरि पनि प्रष्टसँग औल्याइरहेको छ । यो कुरा यस कारणले पनि महत्वपूर्ण छ कि चीनको नेतृत्व गरिरहेको चीनीया कम्युनिष्ट पार्टी स्थापानको एक सय बर्षको महत्वपूर्ण अवसरमा यसले चीनको भबिष्यलाई कता लैजाने र के आधारमा लैजाने भन्ने रुपरेख तयार पार्ने हो त्यतातिर आज सारा बिश्वको ध्याँन गइरहेको छ । अनि यस अघि चीनीया जनमुिक्त सेनाको ९०औं बार्षिकोत्सवकोअभिब्यक्तिलाई पनि यसै स्थिरता र सर्बतोमुखी समुन्नति र समानताको परिप्रेक्षमा हेरिएको छ ।याउन चाहेको कुरा बारम्बार दोहोर्याउने गरिरहेको छ । यसका लागि मार्क्सबादलाई नै सैद्धान्तिक आधार मानिरहेको छ र अरु कुनै वादतिर उसको आशा र भरोसा छैन भन्ने कुरा फेरि पनि प्रष्टसँग औल्याइरहेको छ । यो कुरा यस कारणले पनि महत्वपूर्ण छ कि चीनको नेतृत्व गरिरहेको चीनीया कम्युनिष्ट पार्टी स्थापानको एक सय बर्षको महत्वपूर्ण अवसरमा यसले चीनको भबिष्यलाई कता लैजाने र के आधारमा लैजाने भन्ने रुपरेख तयार पार्ने हो त्यतातिर आज सारा बिश्वको ध्याँन गइरहेको छ ।
चीन अहिले के कुरामा बिशेष चिन्ता लिएर चूनौतिको सामाना गरिरहेको छ भने चीनको तीब्र विकासको क्रममा जुन असमानता बढेको छ त्यसलाई के कसरी अन्त्य गर्ने र स्थितिलाई न्यायपूर्ण समानताको सही बाटोमा अग्रसर गराउने भन्ने कुरामा निकै गम्भीरतासकाथ उपायहरुको खोजीमा लागेको देखिदैछ । अर्काे गम्भीर चिन्ताको जुन बिषय चीनमा देखिएको छ त्यो बढ्दो भ्रष्टाचार हो । त्यसमा चीनको नेतृत्व चिन्तित भएर नियन्त्रणका सबै उपायहरुको खोजीमा रहेको छ । कडा कानुनी कारबाही गरेर मृत्यु दण्डसमते दिने कानुनी बाटोको कुरा त छँदैछ, त्यसमा थप नैतिक र असल समाजिक मूल्य मान्यतालाई बढावा दिएर स्वच्छ सामाजिक परिवेश बनाउने किसिमको परिबर्तन ल्याउने सकारात्मक र रचनात्मक उपायहरुको खोजीमा पनि चीन लागेको देखिन्छ ।
समग्रमा, चीन बिश्वको एउटा समुन्नत र शक्तिशाली देश बन्ने दिशामा तीब्रगतिकासाथ अग्रसर छ । यस क्रममा चीन अत्याधुनिक र उन्नत प्रबिधि ‘आर्टिफिशियल इण्टेलिजेन्स’(एआई) प्रविधिलाई पनि विकासका सबै क्षेत्रमा प्रयुक्त गरिरहेको छ । अति उन्नत यो प्रविधि सबै क्षेत्रमा उपयोग गर्न र उन्नत परिणाम हासिल गर्न सकिने मानिएको छ ।अन्त्यमा, अग्रगामी र उन्नत सफलताका लागि बीर चिनीयाँ जनतालाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिका लागि शतत शुभकामना । नेपाल–चीन जन मैत्री अमर रहोस् !