नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मुल्य प्रति सिलिण्डर २१५ रुपैयाले बढाएको छ । प्रति सिलिण्डर १८९५ पर्ने एलपीजी ग्याँसको अब २,११० रुपैया पर्नेछ । निगमले स्वचालित मुल्य प्रणालीको हवाला दिँदै ग्याँस सिलिण्डरमा भारी मुल्यवृद्धि गरेको हो ।
त्यसैगरी पेट्रोलमा २ रुपैया र डिजल तथा मट्टितेलमा ६ रुपैयाले मुल्य वृद्धि गरिएको छ । त्यसैगरी आन्तरिक तथा बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाले मुल्य बढाइएको निगमले जनाएको छ । अशाेज १४ गते बिहान १ बजेबाट उक्त मुल्य कायम हुने जनाइएकाे छ ।
दशैं लगायतका चाडपर्व निकट रहेको अवस्थामा खाना पकाउने ग्यास र अन्य इन्धनमामा गरिएको मुल्यवृद्धिले बजारमा चर्को महँगी थपिने संकेत गरेको छ ।