शुक्रबार, कार्तिक ७ गते २०८३

दिमागको अशुद्धता लोभ, जिब्रोको अशुद्धता झुट, आँखाको अशुद्धता परस्त्रीमा ध्यान र कानको अशुद्धता परनिन्दा सुन्नु हो.... : गुरू नानक


आश्विन १२, २०८० शुक्रबार
दिमागको अशुद्धता लोभ, जिब्रोको अशुद्धता झुट, आँखाको अशुद्धता परस्त्रीमा ध्यान र कानको अशुद्धता परनिन्दा सुन्नु हो.... : गुरू नानक
नेपालमा शिख समुदायको विस्तृत र समृद्ध इतिहास छ। गुरू नानक गुरपूरब (१४६९–१५३९) को नेपालसँग प्रत्यक्ष सम्बन्ध जोडिएको छ । करिब पाँच सय वर्षअघि उनले नेपाल भ्रमण गरेका थिए । गुरुनानकले सन् १५१५-१६ मा ११ महिनाजति काठमाडौंमा बिताएका थिए । त्यो समय काठमाडौंमा मल्ल शासन चलिरहेको थियो । अहिले बालाजुको विष्णुमती पुलछेउमै प्राचीन गुरुनानक मठ छ शिख धर्मभित्र पनि उदासी समुदायको। त्यहीं बसेर नानकले धार्मिक प्रवचन दिएका थिए, अन्य गुरुहरूसँग धार्मिक बहस पनि गरे । गुरुनानकबाट मल्ल राजाहरू पनि अप्रभावित रहेर बस्न सकेनन् । त्यहाँ मठ निर्माण गर्न तत्कालीन राजाले १ हजार ६ सय रोपनी जग्गा प्रदान गरेको तथ्य इतिहासमा छ, तर लगातारको जग्गा अतिक्रमणपछि ३२ रोपनीमा खुम्चिसकेको छ ।
काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको पालामा त्यस मठले कानुनी रूपमा उक्त जग्गामाथि अधिकार प्राप्त गरेको थियो । यो प्राचीन गुरुनानक मठसँगै काठमाडौंमा पाँचवटा मठ म्हेपी, ज्ञानेश्वर, पशुपति र शोभा भगवतीमा रहेका छन् । पशुपतिमा रहेको मठमा शिख धर्मसँग सम्बन्धित कतिपय दुर्लभ ग्रन्थ पनि संग्रहित छन् (माथिका २ अनुच्छेद कान्तिपुर दै. को ११ असोज ०७६ अंकको पृ. २ मा प्रस्तुत ‘११ महिना काठमाडौँ बसेका थिए गुरू नानक’ शिर्षक समाचारको आधारमा) ।
कार्तिक पूर्णिमा शिख धर्मका संस्थापक गुरू नानक गुरपूरबको जन्म दिवस हो । गुरू नानकको जन्म पाकिस्तानको पञ्जावस्थित लाहोर निकट नान्काणा भन्ने ठाउँमा भएको थियो भने निधन पनि पाकिस्तानमै पर्ने मुगल साम्राज्यको कर्तारपुरमा भएको थियो । पिता कल्याण चन्द दास बेदी (मेहता कालु) स्थानीय गाउँका मुन्शी (पट्वारी) थिए भने माता त्रिपा गृहिणी थिइन् । १८ वर्षको उमेरमा नानकको बिहे माता सुलख्खाणी सँग भयो । एक छोरा र एक छोरी जन्मे । छोराले पनि गुरू नानककै पदचिन्ह पछ्याए ।
सन् ’५० तिर भारतको जम्मुबाट कसरी शिख समुदाय नेपाल प्रवेश गरे र ट्रान्सपोर्टको व्यवसाय चलाए ।
४ वर्ष अघि आश्विनमा राष्ट्र बैंकले गुरुनानकको सम्मानमा तीन प्रकार- सय, हजार र २५ सयको सिक्का जारी गरिसकेको छ, एकैपल्ट तीन फरक सिक्का जारी गर्ने नेपाल नै सम्भवतः पहिलो देश हुनुपर्छ ।
ईश्वर एउटै मात्र छन् भन्ने शिख धर्मको मूल सूत्र हो । शिख भनेकै शिष्य अर्थात गुरू–शिष्य संस्कृतिको प्रतिक हो । मानवतावादलाई सर्बोच्च मान्ने धर्म हो यो । ‘गुरू ग्रन्थ साहिब’ भनिने शिख धर्मको मूल शास्त्र ९७४ वटा श्लोकहरूमा सूत्रबद्ध गरिएको छ । नानकले बसालेको गुरू संस्कृतिलाई अन्य नौजना गुरूले समृद्ध बनाए । शिख धर्मावलम्बीहरूको आफ्नै वैचारिक पहिचान भएजस्तै शारीरिक पहिचान पनि छ । अर्थात उनीहरूको मान्यतामा ‘क’ बाट नाम उत्पत्ती हुने ५ वटा वस्तु, ‘केश’, ‘कङ्गन’ (काईँयो), ‘कच्छा’ (विशेष अण्डरवियर), ‘कडा’ (स्टिलको चुरा) र ‘कृपाण’ (स्टिलको तरबार) आफ्नो साथबाट छुटाउनु हुँदैन । त्यसकारण कृपाणको रुपमा उनीहरू छुरा बोक्ने गर्छन् ।
‘आसा दि वार’ नामक अध्यायमा रहेको गुरू नानकको उक्त भनाईको विस्तृत रुप :
"The impurity of the mind is greed, and the impurity of the tongue is falsehood. The impurity of the eyes is to gaze upon the beauty of another man's wife, and his wealth. The impurity of the ears is to listen to the slander of others. O Nanak, the mortal's soul goes, bound and gagged to the city of Death. All impurity comes from doubt and attachment to duality. Birth and death are subject to the Command of the Lord's Will; through His Will we come and go."