हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । अल्पसङ्ख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तैः कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा यस गरिमा विकास बैंकले आफ्ना विदेशमा रहनुहुने ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको छ ।
अब विदेशमा बसि गरिमा विकास बैंक मार्फत मोबाईल बैकिङ सेवा लिन चाहनुहुने ग्राहकमहानुभावहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिनसक्नुहुनेछ । साथै, यो सुविधा लिनुहुने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्ने धएका छन् ।
साथै, बैंकले कहिले पनि फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटिपि आदि) माग्दैन तसर्थ फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ् विवरण अरुलाई नबाडि दिनुहुन समेत बैंकले आग्रह गरेको छ ।