शुक्रबार, कार्तिक ७ गते २०८३

मनसुनी बर्षा नै खेतीपातीको लागि स्वाभाबिक र महत्वपूर्ण 


आश्विन १०, २०८० बुधबार
मनसुनी बर्षा नै खेतीपातीको लागि स्वाभाबिक र महत्वपूर्ण 
बिश्वको यथार्थ बास्तबिकता आज पनि के रहेको छ भने अनेक बैज्ञानिक उन्नति तथा सिंचाईका साधनहरु बिकसित भइसकेको भए पनि हाम्रो देश लगायत बिश्वमा मूलतः मनसुनी बर्षा नै खेतीपातीको मूल आधार र जीवनदायिनी शक्ति बनिरहेकको छ । यो नेपाल लगायत भारतीय उपमहाद्विपका देशहरुको लागि त झन बढी सत्यतथ्य  हो । यस क्षेत्रमा त्यसैले सदियौंदेखि कृषि समाजका किसानहरुले धैर्यपूर्बक मनसुनी बर्षाको बाटो हेरिरहेका हुन्छन । यसरी आकाशको कालो बादलको  प्रतिक्षा गरिरहेका हुन्छन् । अझ महत्वपूर्ण त के मानिदै आएको पनि छ भने मनसुनी बर्षा नै वस्तवमा खेतीपातीको स्वभाविक प्राकृतिक शक्ति हो ।
हुन पनि यो प्राकृतिकरुपले  सिंचाईको लागि काम गर्ने मनसुनी बर्षाले कृषि कर्ममा किसानको लागत कम हुन्छ नै । कृत्रिम सिंचाईका लागि आबश्यक पर्ने थप खर्च जस्तो पम्प, ट्यूव वेल, कुलो, पैनी आदिबाट पानी तान्दा या यसरी नहर पैनीबाट खेत बारीमा पानी पटाउदा लाग्ने खर्च पनि जोगिन्छ । बास्तवमा हरेक देशमा प्रायः जलवायु तथा मौसम बिभाग स्थापित गरिएको हुन्छ । त्यसले मनसुनी बर्षाको स्थिति र सम्भावना के कस्तो रहेको हुन्छ  त्यो प्रतिदिन  अझ कतिपय देशमा दिनकै कयांंै पटक त्यसको जानकारी दिइरहने गरेको समेत पाइन्छ । जउले गर्दा किसानहरु खेतीपाती लगाउन, ठीकसँग सिचाई भयो भएन हेर्न र पाकेको बालीनाली भित्र्याउन मौसम अनुकूलरुपमा तयार हुने गर्दछन् ।
मनसुनी बर्षामा आउने उतार चढावको स्थिति थाहा पाएर किसानहरु खेती किसानीको शुरुवात, तयारी र सञ्चालन गर्न र बालीनाली भित्रयाउने काम प्रकृतिका अकाट्य नियमसंगत किसिमले तयार हुन्छन् । बर्षाको स्थिति के कस्तो रहन्छ, सामान्य, त्यसभन्दा बढी या कम त्यो थाहा पाएर किसानहरुले के कस्तो तयारी गर्ने हो भन्ने कुरा उनीहरुले बुझ्ने र त्यसै आधारमा तयार हुने र चल्ने गर्दछन् । कहाँ कहाँ पानी पर्ने हो, सामान्य त कति  धेरै या थोरै पानी पर्ने हो त्यस आधारमा बालीनाली लगाउने उपाहरुको तयारी गर्न किसानलाई सजिलो पर्दछ । कुन दिशाबाट मनसुनी बर्षा शुरु हुन्छ, त्यो कहिलेसम्म रहन्छ र अनि कहाँ पुगेर  टुंगिन्छ भन्ने कुराले किसानको खेतीपातीका लय तय हुन्छ । कुनै बर्ष प्राय  निर्धारित समयभन्दा पहिला त कुनै बर्ष पछि पनि यो मनसुनी बर्षा आउने गर्दछ सामान्यतः जेष्ठ असारमा नै यो प्रायजसो आउने गरेको पाइन्छ । फरक समयमा बर्षा हुँदा त्यसले बालीनालीको उत्पादन पनि केही कम या बेसी हुने कुरा भर पर्दछ । भू–धरातल, बन जंगलको स्थिति र अनेक कारणले गर्दा प्रकृतिमाथि परेको नकारात्मक दबाब अर्थात आजको समयमा भन्नुपर्दा जलवायु परिबर्तन, ग्लोबल वार्मिङ्ग जस्ता प्रकृतिमाथिका हस्तक्षेप कारणले समेत मनसुनी बर्षा आउने र जाने कुरा भरपर्ने समेत आज मौसम बिज्ञहरुले बताउने गरेका छन् ।
weathe.jpg
सामान्यतः हिमालयको काखमा बसेको हाम्रो नेपाली भूधरातलीय स्थितिले गर्दा हिउद र बर्षाको सयम निर्धारित जस्तै नै हुन्छ  । अनि यो जाडो, गर्मी र बर्षातबाट प्राप्त हुने बेग्ला बेग्लै प्राकृतिक बरदानबाट पनि हामी लाभान्बित हुने र त्यसबाट हाम्रो लुवाई खुवाई, बस उठ आदि जीवनको लय पनि बनेको र चलेको हुन्छ  । हिउदे झरी र बर्षेझरीले कसरी हाम्रो समग्र खेतीपाती र किसानको जीवन चक्रलाई प्रभाव पार्दछ भन्ने कुरा हाम्रा किसानहरुलाई पनि निकै राम्ररी थाहा छ । उनीहरु वास्तवमा त्यसै आधारमा नै बाली बिग्रने या सप्रिने अनुमान या पूर्बानुमान गर्ने गर्दछन् । त्यसैले कता मौसम के कस्तो छ त्यो जाँदैछ कि आउदैछ, बढी हुदैछ कि कम हुँदैछ या सामान्य छ त्यो कृषि र किसानको सधैं चासोको बिषय बन्ने गर्दछ । 
यो मनसुनी बर्षाले जीवन चक्रलाई सम्हाल्ने र सहयोग पुर्याउने बातावरण मात्रै सधैं रहिरहँदैन । मनसुनी बर्षा समयमा आउने हो कि होइन, आउँदा कत्रो आउाने हो र कति लामो या छोटो समय रहने त्यसले समेत किसान र समग्र मानब जीवनलाई प्रभा पारिरहेको हुन्छ । खडेरी, पर्ने, अति बर्षा हुने, अल्प बर्षा हुने, खण्ड बर्षा हुने जस्ता प्राकृतिक घटनाले भूधरातलको आधारमा बिभिन्न नकारात्मक असर पनि पार्ने गर्दछ । बाढी आउने, पहिरो जाने, हिमनदी फुट्ने र  सामान्यभन्दा भिन्न र गम्भीर असर पार्ने, क्षति पुर्याउने कुरा पनि बेला बेलामा हुने गरेका छन् । यो स्वयं प्रकृतिका नियमले प्राकृतिकरुपमा आउने  कुरा आफ्नो ठाउँमा छ । तर आजकल प्रकृतिको अति र जथाभावी दोहनले गर्दा प्रकृतिले रौद्ररुप लिएर मानब समाजलाई अपुरणीय क्षाित पुर्याने गरेको र बाढी, पहिरो तथा महामारी समेत फैलिने गरेको ज्ञाता अनुसन्धाताहरुले औंल्याउने गरेका छन् ।
आजको डेढ सय बर्षभन्दा पहिला नै कार्ल माक्र्सका अन्यन्य मित्र तथा सह–योद्धा  फेडरिख एंगेल्सले भनेका थिए कि हामीले प्रकृतिमाथि बिजय प्राप्त गर्ने भनेकै प्रकृतिका अधिशासित नियमलाई पालन गरेर हिड्ने हो । प्रकृतिमाथि जथाभाबी गर्न थालियो भने त्यसले रौद्ररुप लिएर बाढी, पहिरो, खडेरी, अति बर्षा तथा महामारी जस्ता अनेक असमान्य घटनाहरु घट्ने गर्दछन् र मानब समाजको ठूलो  क्षति हुन्छ । बिगतमा अहिले पनि बेला बेलामा यस्ता घटना घटि नै रहेका छन् । बास्तवमा अहिले बिश्वब्यापीरुपमा समस्याको रुपमा खडा भएको जलवायु परिबर्तन, गर्मीमा बढ्दो बृद्धि, अनेक प्रकारका महामारी प्रकृतिमाथिको खेलबाडकै परिणाम हुन् भन्ने सुक्ष्म अध्ययन अनुसन्धानकर्ताहरुले पनि औंल्याइरहेका छन् ।
त्यसैले नहर, कुलो, पैनी बनाएर या बाँध बाँधेर सिचाई गर्ने उपायहरु गर्दा पनि बर्षा हुने स्थिति, नदीको प्रकृति, भू–बनौट, माटोको अबस्था, बन जंगलको स्थिति आदि सबै कुराको गम्भीर अध्ययन गरेर बनाउदा मात्र ती टीकाउ र दीगो हुने गर्दछन् । यही कुरा सडक निर्माण गर्दा पनि ध्यान दिनु पर्ने कुरा हुन्छ । बिकासको नाममा बिज्ञानको जथाभावी दुरुपयोग गर्दा त्यसले प्रकृतिका स्वभाविक नियम र गतिमिााथि नकारात्म असर पार्ने र त्यसको नकारात्मक परिणाम निस्कने कुरा निश्चित छ । यी सबै कुरालाई मध्यनजर गरेर खेतीपातीका यावत कर्महरु गर्न सके र त्यसो गर्न सिके त्यो प्रकृति र मानब समाजको हित अनुकूल हुन जाने कुरामा गम्भीर चिन्तन मनन गर्नु अत्याबश्यक छ । प्रकृतिका सन्तान हामी सचेत माबज जातिले नै यो कुरामा सबैभन्दा बढी ध्यान दिनु पर्दछ ।
Rain_Heavy.jfif