नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिको बिस्तारित बैठक काठमाण्डौ कोटेश्वरमा सम्पन्न भयो । पार्टीका अध्यक्ष क. लोकनारायण सुबेदीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष क.भीमप्रसाद सेढाई,महासचिव क.शरणबिक्रम मल्ल सचिवद्वय क. महेन्द्र जोशी र रामदुलार महतो, कोषाध्यक्ष क. सीता सुबेदी र सचिवालय सदस्यहरु क. भूमि ढुंगाना नरेन्द्रबहादुर तण्डुकार,क. बद्रीनाथ अधिकारी, क. चन्द्रदेब राम क.नरेश अमात्य तथा केन्द्रिय सदस्यहरु क.देबीप्रसाद आचार्य, क. तेजबहादुर मल्ल,क. शुकदेब चौधरी, क. सन्देश भटराई,क. सुशील ढुंगाना क. ज्योति गिरी, क. गीता थापा, क. गीता राई, क. नूरजहाँ खातुन, क. बरुणा राणा, क. सूर्यनारायण दास, क. श्यामकुमार मल्ल र डोमा सेर्पाको उपस्थिति रहेको थियो । पार्टीले राजनीतिक, आर्थिक, संगठनात्मक र आन्दोलनका बिभिन्न मोर्चा तथा क.पुष्पलाल जन्म शतबार्षिकी राष्ट्रिय समारोह समितिको बैठक लगायतका महत्वपूर्ण बिषयमा गम्भीर छलफल गरी निर्णय लिएको छ ।

बैठकमा निकालिएका निष्कर्शहरु र लिइएका निर्णयहरु यस प्रकार छन् :
आर्थिक स्थिति सम्वन्धमा
१. बैठकले राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक स्थितिको मूल्यांकन गर्दै यूक्रेन युद्ध, कारोना बिश्व महामारी र शक्ति राष्ट्रहरुको हात हतियारको होडबाजी तथा नाफाखोरी बित्तीय पूँजीबादी शोषणले गर्दा उत्पन्न आर्थिक असन्तुल्न र बिश्व मन्दीको परिप्रेक्षमा समेत पार्टीलाई तत्कालीन र दीर्घकालीनरुपमा आत्मनिर्भर, अनुशासित, नियमित र मितव्ययी तुल्याउन ब्यापक छलफल गरी आर्थिक बिषयमा निम्न निर्णयहरु भएका छन्:
(क) पार्टी सदस्यले बैठकको निर्णय अनुसार अनिवार्यरुपमाा तिनुपर्ने सदस्यता शुल्क र लेभीलाई निरन्तर कायम राख्ने
(ख) केन्द्रमा बनेको उपाध्यक्ष क. भीम सेढाई, महासचिव क. शरणबिक्रम मल्ल, सचिवद्वय क. महेन्द्र जोशी र क. रामदुलार महतो, कोषाध्यक्ष क. सीता सुबेदी, सचिवालय सदस्यहरु क. भूमि ढुंगाना, नरेन्द्र बहादुर तण्डुकार, नरेश अमात्य तथा केन्द्रिय सदस्य क. सन्देश भटराई, सुशील ढुंगाना र श्यामकुमार मल्ल रहेको बिशेष आर्थिक समितिलाई सकृय तुल्याउन र आवश्यक परे सदस्य थप गर्ने तथा उपसमिति समेत गठन गर्ने निणर्यकासाथ यस बिशेष आर्थिक समितिले तत्कालीन र दीर्घकालीन दुबै चरणका आर्थिक समस्या हल गर्न बिभिन्न आत्मनिर्भर, ब्यवहारिक र ठोस उपायहरु सचिवालय समक्ष प्रस्तुत गरी लागु गर्ने र अनुमोदनका लागि केन्द्रिय समितिमा प्रस्तुत गर्ने निर्णय लिएको छ ।
(ग) बैठकले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बिशेष अभियान चलाउदै उत्पादन संघर्ष र बर्ग संघर्षलाई एक अर्कोसँँग गाँसेर बैज्ञानिक तरीकाले अघि बढाउन ‘नेपाली बन, नेपाली किन’(बी नेपााली बाइ नेपाली) भन्ने बिशेष राष्ट्रिय अभियान चलाउन बिशेष आर्थिक समितिलााइ स्वीकृति दिने समेत लिएको छ ।

(घ) बैठकको बेला उठेको लेभी र खर्चको बिवरण यस प्रकार छः बैठकमा २०८० भाद्र मसान्त सम्म उठेको सदस्यता शुल्क र लेभी समेत रु. ६०,१०० तथा बैठकको समयसम्म पार्टी स्थापनाा दिवस, कमरेड पुष्पलाल जन्म शतबार्षिकी राष्ट्रिय समारोह समितिको बैठक र बैठकको दुइ दिनको खाना खर्च समेत जम्मा खर्च २५,७६७.८० खर्च भएको र मौज्दात रकम ३४,३३२ कायम रहेको जानकारी दिई अनुमोदन गराएको छ । लेभी उठ्न अझै बाँकी रहेको र त्यसलाई सुचारु गर्न सम्वन्धित क्षेत्रका परिषद् र केन्द्रिय समितिका सदस्यहरुले जिम्मेवारीकासाथ पहल गरी पार्टीको खातामा जम्मा गर्न ताकेता गर्ने निर्णय लिइएको छ ।
राजनीतिक परिस्थितिका सम्बन्धमा
२. क. देशको बिग्रँदाे राजनीतिक परिस्थितिका बिषयमा गम्भीर चिन्ता ब्यक्त गर्दै बैठकले देशमा ब्याप्त अजंगका भ्रष्टचार र कमिशनखोरी, भूटानी शरणार्थी प्रकरण, सुन तस्करी काण्ड लगायत जनता र देशमाथि बोझ थोपर्ने र राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा नेपाल र नेपाली अपमान गर्ने जस्ता कुराले नेपाल र नेपाली जनताको स्वाभिमान र इमानदारीतामाथि गम्भीर आच पुगिरहेको र राजनीति भ्रष्टहरुद्वारा भ्रष्टहरुका लागि भ्रष्ट्रहरुले चलाएको लुटतन्त्रमा परिणत भएको मूल्यांकन बैठकले गरेको छ । अर्कोतिर यी बिकृति र बिसंगति बिरुद्ध जनताको बढ्दो आक्रोस र असन्तोषलाई अर्कोतिर मोड्न देशमा अराजकता, अशान्ति खडा गर्न पुराना र नयाँ प्रतिगमनकारी शक्तिले जनतलाई परस्पमा लडाउने किसिम धार्मिक साम्प्रदायिक कुरा उठाएर जनतलाई बिभाजन गर्ने प्रपञ्च पनि गरिरहेका छन् यस स्थितिबाट बिद्यमान ब्यवस्था नेपाली जनता र राष्ट्रको हितमा नभएको र राजनीतिलाई मूल्य–मान्यता बिमुख तुल्याइएकोले यसबाट सीमित सुधार हुनसक्ने कुरा पनि सन्देहास्पद बनको बैठकले निष्कर्श निकालेको छ ।
ख. पराश्रित अर्थतन्त्र र परमुखापेक्षी राजनीतिले गर्दा परराष्ट्र सम्वन्धमा पनि ठूलो बिचलन आएको र त्यसले नेपाल शक्ति राष्ट्रहरुको अन्तद्र्वन्द्वको शिकार हुने खतरा अझ बढेको मूल्यांकन गर्दै बैठकले असंलग्नतालाई दृढताकासाथ पक्रेर राष्ट्रिय अर्थतन्त्र निर्माणमा सम्पूर्ण शक्ति नलगाउने हो भने नेपाल र नेपालीको अस्तित्व नै अपूर्ब संकटमा पर्ने निष्कर्श बैठकमा बैठक पुगेको छ ।
ग. गम्भीरतम र यस्तो अत्यन्तै नाजुक स्थितिमा देश र जनताप्रति समर्पित सम्पूर्ण अग्रगामी शक्तिहरु साना तिना मतभेदलाई थाँती राखेर राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता, जनतन्त्र र नागरिक अधिकार तथा जन जीबिकाका समस्या हल गर्ने साझा उदेश्यकासार्थ एकताबद्ध, मोर्चाबद्ध र संघषशील हुुनुको कुनै बिकल्प नरहेको ठहर बैठकले गरेको छ ।
क. पुष्पलाल जन्म शतबार्षिकी सम्वन्धमा
३. क. यीनै माथि उल्लिखित गम्भीर समस्याका बीच क. पुष्पलाल जन्म शतबर्षिकी बर्षभरी मनाउन सन्दर्भमा कमरेड पुष्पलालले राष्ट्रियता, जनतन्त्र र जनजीबिका समस्या हल गर्न लिएको माक्र्सबादी लेनिनबादी मार्गदशनलाई अझ गहिरो र गहन अध्ययनकासाथ अघि बढाउन र सबैखाले शोषण उत्पीडनका बिरुद्ध संघर्ष, संगठन र सिद्धान्तलाई अझ उजागर गर्ने र अघि बढाउन आवश्यकता बढेको महत्वपूर्ण निष्कर्श पनि बैठकले निकालेको छ । जनता र राष्ट्रका समक्ष क. पुष्पलालको बीचार सिद्धान्त र नीतिलाई प्रष्ट पार्न सकेमा मात्र राष्ट्रको स्वाधिनता, राष्ट्रियताको सुदृढीकरण र जनतन्त्रको रक्षा तथा जन जीबिकाका यावत समस्या हल गर्दै बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्त समाज निर्माण गर्न सकिने र सभ्य, सुसँस्कृत र समुन्नत समाजमा पदार्पण गर्ने आधार निर्माण गर्न सकिने यथार्थ बैठकले औंल्याएको छ ।
ख. पार्टीको पहलमा बनेको क. पुष्पलाल जन्म शत बार्षिकी कार्यक्रमका सन्दर्भमा राष्ट्रिय समारोह समितिले क. पुष्पलालप्रति समर्पित विशेषांक (स्मारिका) प्रकाशन, ऐतिहासिक क्यालेण्डर प्रकाशन, लकेट निर्माण, राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरका विभिन्न अन्तरसम्बाद, साहित्य सम्वाद, विज्ञान सम्वाद लगायत स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण लगायका जुन ठूला साना एक सयवटा कार्यक्रम गर्ने निर्णय लिएको छ त्यसलाई ब्यबहारमा उतार्न अहिलेदेखि नै लागि पर्न र तयारी गर्न बैठकले सम्पूर्ण पार्टी पंक्ति, शुभचिन्तक, सहयोगी सबैसँग हार्दिक आह्वान गरेको छ ।
पार्टी संगठन बिस्तार र सुद्दढीकरण
४. माथि उल्लिखत यी नै यथार्थहरुलाई मध्यनजर राखी पार्टी संगठन बिस्तार, सुदृढीकरण र चुस्त दुरुस्त तुल्यााउन बिभिन्न स्तरका प्रशिक्षण, अध्ययन र संघर्षका गतिबिधिहरुलाई एकल, संयुक्त सबै स्तरमा अघि बढाउने पनि बैठकले निर्णय लिएको छ।
५. विविध : केन्द्रिय यूवा सदस्य क. राेहित काेइरालाकी ममतामयी माता गीता काेइरालाकाे अल्पायुमै अचानक देहाबसान भएकाेमा पार्टी अध्यक्ष क. लाेकनारायण सुबेदीले दिएकाे शाेक बक्तब्यकाे अनुमाेदन गर्दै बैठकले पुन उहाँप्रत श्रध्दा सुमन ब्यक्त गरेकाे छ ।
नेपालपत्र संवाददाता