शुक्रबार, कार्तिक ७ गते २०८३

बढी चिनी सेवन गर्ने मानिसलाई क्यान्सरकाे खतरा बढी


आश्विन ६, २०८० शनिबार
बढी चिनी सेवन गर्ने मानिसलाई क्यान्सरकाे खतरा बढी

हुन त हरेक खाने कुरा हदभन्दा बढी सेवन गरियो भने त्यो हानीकारक नै हुन्छ । त्यसमा पनि मानिसको जीवनमा चिनी जस्तो मीठो खाने कुरा आवश्यकताभन्दा बढी हुन पुगेमा त्यो स्वास्थ्यको लागि बीष समान हुन पुग्दछ ।  बिज्ञहरु भन्दछन् – ‘यो गुलियो खाने कुरा यस्तो एउटा बीष हो जसलाई हामीले हाम्रो शरीरमा अज्ञानताबश या जानी जानी बढाइरहेका छौं । तर यस महत्वपूर्ण कुरमा हामी अनभिज्ञ रहेका छौ कि जति जति हाम्रो उमेर बढ्दै जान्छ हाम्रो रोगसँग लड्ने क्षमता पनि यसले गर्दा कम हुँदै जान्छ’ । त्यसैले हामीले हरेक यस्ता खाद्य पदार्थको सेवन एक सन्तुलित मात्रामा गर्न सिक्यौं र गर्न सक्यौं भने मात्र कहिल्यै कुनै समस्या उत्पन्न हुँन पउँदैन ।
 आज प्रायः हरेक घर परिबारमा पाइने गरेको सेतो चिनी हाम्रो शरीर र स्वास्थ्यका लागि कत्तिको हानीकारक हुन सक्छ यसको अनुमान गर्न पनि कठिन छ । बिज्ञहरु बताउँदछन– ‘बितेका कयौं दशकदेखि कम उमेरमा नै मधुमेह अर्थात् चिनी रोग, मोटो हुने रोग, मृगौला तथा कलेजोको रोग, कोलेस्ट्रोल बढ्ने जस्ता  समस्याकारुपमा देखा पर्नु सामान्य कुरा जस्तै भएको छ । यसको मूल कारण बढी मात्रामा चिनी त्यसमा पनि ‘रसायनमा प्रशोधित सेतो चिनीको उपयोग हो’ । अचेल हामी प्रायः यस्ता प्रशोधित खाद्य पदार्थ खाने गर्दछौं जसमा ‘केमिकल रिफाइण्ड सुगर’ अर्थात सेतो चिनी पाइने गर्दछ  । ती पदार्थहरुमा  यद्यपि चिनीको मात्रा कति छ या हुन्छ थाहा त हुँदैन तर अञ्जान या अज्ञानतावश नै हामीले आफ्नो स्वास्थ्यमाथि खेलबाड गरिरहेका हुन्छौं । अनि जतिबेला हामी यथार्थ कुरा यस बारेमा थाहा पाउँदछौ त्यतिबेला निकै अबेर भइसकेको हुन्छ । यसरी अधिक मात्रामा चीनको प्रयोग गरेर हामीले कयौं खतरा बिमारीहरु निम्त्याइरहेका हुन्छौं र तिनको सामना गर्न बिवश हुन्छौ जसको उपचारमा लामो समय लाग्दछ र पैसा पनि धेरै खर्च हुन्छ । 
चिकित्सकहरुले बताएका छन् कि बिश्वभरीमा आज हृदय रोग मृत्युको सबैभन्दा ठूलो कारण बनिरहेको छ । बढी मात्रामा चिनीयुक्त खाद्य पदार्थ खानाले यस्तो हृदय रोग हुने र बढ्ने सम्भावना पनि बढ्ने गर्दछ । बिज्ञहरुको एक अनुसन्धानका अनुसार बढी मात्रामा चिनीयुक्त आहारका कारण मोटोपना, शरीर सुनिने, उच्च ट्राइग्लिसराइड(बोसो थुप्रिन जानु)ले रक्तचापको स्तर बढ्न सक्तछ । यी सबै कुराले मुटु रोगको खतरा बढाउने बढ्ने गर्दछन् । अर्को एउटा अध्ययनले के पनि देखाएको छ भने जुन मानिसहरुले बढी चिनीको सेवन गर्ने गर्दछन् ती तिनले १७ देखि २१ प्रतिशत  अतिरिक्त क्यालोरी थप ग्रहण गर्ने गर्दछन् । त्यस्ता मानिसहरुमा हृदय रोगले मृत्यु हुने खतरा ३८ प्रतिशतले बढी हुने गरको बिज्ञहरुले औंल्याएका छन् । बैज्ञानिकहरुको के मान्यता छ भने बढी चिनीको उपयोगले इन्स्यूलिनमाथि पर्ने हानीकारक प्रभाव पर्दछ । जस्तो शरीर सुनिने गर्नाले त्यो क्यान्सरको कारक पनि बन्न सक्तछ । 
कतिपय अनुसन्धानले सावित गरेको बैज्ञानिकहरु बताउँदछन् कि बढी चिनी सेवन गर्ने मानिसहरुलाई क्यान्सर हुने खतरा बढी हुन्छ । त्यति मात्र होइन, बढी गुलियो खानाले मानिसको रगतमा त्यसले यूरीक एसिड बढाउने गर्दछ । यसले गर्दा रक्तचाप र गठिया जस्ता कठिनाईहरु पनि उत्पन्न हुन सक्ने बताइएको छ ।  यसका अतिरिक्छ चिनी बढी सेवन गर्दा शरीमा भोक र तौल नियन्त्रण गर्ने प्रणालीमाथि पनि नकारात्म असर पर्न जाने बताइन्छ । चिकित्सकहरुका अनुसार गुलियो या सख्खर ‘ग्लुकोज’कोरुपमा भए त ठीकै हुन्छ तर जब यो ‘फ्रुक्टोस’को रुपमा परिणत हुन्छ त्यसले कठिनाई उत्पन्न गर्दछ । त्यसले मानिसहरुको शरीर, मस्तिष्क र हर्मोनहरुमा बेग्ला बेग्लै असर पर्न सक्तछ । बिज्ञहरु उल्लेखनीय के भन्दछन् भने मदीरा या अन्य नशालु पदार्थले जस्तै चिनीले पनि मस्तिष्कमा ‘डोपामाइन’ नामको हर्मोन बढाउँदछ । त्यस्तो स्थितिमा मानिसमा चिनीको लत बस्छ । जुन मानब शरीरका लागि बहुतै हानीकारक हुन्छ । चिकित्सकहरु भन्दछन् ‘सन्तुलित मात्रमा गुलियो खानााले मानिसके कलेजोले त्यसलाई ‘ग्लाइकोजेन’मा बदलेर जम्मा गर्दछ । आवश्यक परेमा कलेजोमा जम्मा भएको त्यो ग्लाइकोजेनलाई काममा लगाइन्छ । त्यसैगरी बढी मात्रामा फ्रुक्टोज लिदा पनि कलेजोले त्यसलाई फ्याट या बोसोमा बदल्नु पर्दछ । त्यसो गर्नाले मानिसको कलेजोमा बढी भार पर्दछ । जब यसले बढी फ्रुक्टोजलाई बोसोकारुपमा लिन्छ त्यसको केही मात्रा मानिसको रगतमा मिसिन पुगदछ । जुन हृदय रोग या हृदयाघातको कारण पनि बन्न जान्छ । बढ बोस कलेजोमा जम्मा हुँन जाँदा ‘फ्याटी लिभर’ जस्ता राोगहरु पनि  उत्पन्न हुन सक्तछन् । त्यसलाई समयमै उपचार गरिएन भने त्यो पछि गएर ‘लिभर सिरोसिस’ परिणत हुने खतरा पनि बन्दछ भन्ने ज्ञाता चिकित्सकहरु उल्लेख गर्ने गर्दछन् । 
 ज्ञाता अनुसन्धाताहरुका अनुसार सन्तुलित आहारामा गुलियो खाने कुराको पनि आवश्यक छ । तर पनि हामीले सम्भव भए सम्म रासायनिक किसिमले प्रशोधन गरिने सेतो चिनीबाट बच्नै पर्दछ । यसकासाथै हामीले हाम्रो शरीरका लागि आवश्यक गुलियाो पदार्थका लागि सख्खर या गुलिया ताजा फलहरुको सेवन गर्नु उचित हुन्छ भन्ने सल्लाह चिकित्सकहरुको छ । यदि हामीले खाना खाइसकेपछि सख्खरको एक टुक्रा खायौं भने त्यसले खाना पचाउन मद्दत गर्ने मात्रै होइन शरीरमा उत्पन्न टक्सिन अर्थात बिषाक्त पदार्थ सजिलै बाहिर निकाल्न पनि त्यसले मद्दत गर्ने गर्दछ । 
 निश्चय पनि चिनी र सख्खर दुबैले मानिसको शरीरमा क्यालोरी(शक्ति) बढाउदछन् । तर यदि हामीले यी दुइमध्ये कुनै एकलाई छान्ने हो भने हामीले सख्खरलाई नै छन्नु पर्दछ । किनभने यसलाई कुनै रासयनिक पदार्थद्वारा प्रशोधित गरिएको हुँदैन । रासायकि पर्दाले प्रशोधित चिनीलेभन्दा यसका फाइदाहरु ीनकै बढी छन् । सख्खरमा फलाम(आइरन), जिंक, पोटाशियम, म्याग्नेसियम र सेलेनियम जस्ताा तत्वहरुको मात्रा बढी हुन्छ जसले रगतको कमी (एनेमिया)  जस्ता रक्त अल्पताको बिमारीलाई फाइदा पुग्दछ । समय रहदै हामीले आफ्नो जीनवमा खाशगरी खाने कुरामा उचित परिबर्तन ल्याउन सक्यौ भने लामो र स्वस्थ जीवन बाच्न र बिताउन सकिने गम्भीर सल्लाह खाद्य बिज्ञ र चिकित्सकहरुको छ । यसर्थ सम्भव भएसम्म हामीले रसायनद्वारा प्रशोधित चिनी खान कम गर्नु पर्दछ । नत्र यो मीठो बीषले हामीलाई कठिनाईमा पार्ने र मन्द मन्द गतिमा मार्ने बाहेक अरु केही काम गर्दैन । अनुसन्धाताहरुको यो बर्षौंको खोजलाई आफ्नो भलाईका लागि मनन गरौं र ब्यबहारमा उतारौं ।