शनिबार, कार्तिक ८ गते २०८३

अर्थसचिवमा कृष्णहरि पुष्कर , आजबाट सम्हाले कार्यभार

आश्विन ४, २०८० बिहीबार
अर्थसचिवमा  कृष्णहरि पुष्कर , आजबाट सम्हाले कार्यभार

अर्थसचिव कृष्णहरि पुष्कर कर्णले कार्यभार सम्हालेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट अर्थ मन्त्रालयमा सरूवा गरेको थियो । बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव कर्णले दोस्रोपटक अर्थसचिवको जिम्मेवारी सम्हालेका हुन् ।

 कर्ण २०७९ साउनमा पनि अर्थसचिव भएका थिए । गत पुसमा विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएपछि कर्ण अर्थबाट बाहिरिएका थिए । पौडेलले अर्थसचिवको जिम्मेवारी तोयम रायालाई दिएका थिए ।

डा. प्रकाशशरण महत अर्थमन्त्री भएपछि रायाको ठाउँमा अर्जुन पोखरेल आएका थिए । मन्त्री महतले आफैंले अर्थ मन्त्रालयमा ल्याएका पोखरेललाई हटाउँदै कर्णलाई अर्थसचिवको जिम्मेवारी दिएका हुन् ।