दुई सय बर्ष अगाडी एसियाली राष्ट्रकाा सोच, बिचार र बिज्ञानमाथी उपनिवेशको कहर शुरु भयो। युरोपेली बौद्धिक पुनर्जागरणको पृष्ठभुमिमा बेलायत, फ्रान्स, स्पेन, पोर्चुगल, बेल्जियम, जर्मनी, निदर्लैन्डले थाह पाए एसिया, अफ्रीका र ल्याटिन अमेरीका लुटेर धनी हुन सकिन्छ। अनि चरम ढंगले लुटे। लुटिरहे र लुटीरहन चाहान्थे। यहि नियतलाइ साकार पार्न जन्मियो "मानशिक उपनिवेश।"
१. शिक्षा बन्यो मानशिक उपनिवेशको सहज माध्यम वा उपाए। उपनिवेशिहरुले शिक्षाको संरचना बदले, उपनिवेशमा। आफ्नो भाषामा पढाउन थाले।आफ्नो इतिहास घोकाए। आफ्नो समाजशास्त्र लादे। आफनो साहित्य थोपरे। अनि हामीलाई उनीहरुको बिचार, दर्शन र पद्धतिका दास बनाए।
२. बर्तमान विधेकमा "बिज्ञान, गणित र क्म्पुटर अंग्रेजी भाषामा अध्यापन गराउनु पर्ने लेखीएको रहेछ। किन? के हामी नेपालीलाई बिज्ञान, गणित र कम्पुटर मातृभाषामा रास्ट्र्भाषामा बुझ्ने अधिकार् छैन? यहि हो शिक्षा माथिको उपनिवेशवादको उदाहरण । बिदेशी सहायताको दुर्ब्यसनले ग्रस्त शिक्षाका ठेकेदार र ठुलठुला शिक्षाब्यापारीले बनाएको योजना हो, यो। माफीया पुजीवादी देशभक्त हुँदैन। माफिया पुंजीवादको सेवा गर्ने जागीरे पनि देशभक्त हुँदैन।माफिया पुजिंवादी पैसाले पैसा आर्जन गर्ने "अति शोषक" बर्गको प्रतिनिधि हो, जस्मा चुर्लुम्म डुबेको छ ऐलेको नेपाली राजनीति ।चीन, थाइल्यान्ड, कोरिया, जापानले बिज्ञान, गणित र कम्पुटर उनीहरुको आफ्नै भाषामा पढांछ्न त, किन होला? किनभने उनिहरुले शिक्षालाई जन समृद्धि, रास्ट्रीय अर्थतन्त्रको बिकास र सामाजिक रूपान्तरणको उपाय हो भन्ने बुझेका छ्न। उनिहरु आफ्नो इतिहास, आफ्नो संस्कृति र आफनो स्वतन्त्र अस्तित्व शहितको सभ्यतामा बिश्वास गर्छ्न।
३. हाम्रो शिक्षामा किन हाम्रो धरातलको अर्थशास्त्रको पढाइ हुंदैन? किन बिद्यार्थीलाइ माल्थस र एडाम स्मिथका सिद्धान्त मात्र घोकाइन्छ? किनकि भौतिक उपनिवेश गयो तर मानशिक उपनिवेश कायम रह्यो। किन अग्रंजी माध्यममा पढाउने स्कुल ठूलो र राम्रो भयो? किनभने मानसिक उपनिवेश कायम रह्यो। किन कृषि प्रबिधि, ग्रामिण अर्थतन्त्र र हाम्रो सांस्कृतिक विविधतामा आधारित समाजशास्त्र, हाम्रो भूगोल र पर्यावरणमा आधारित मानवशास्त्र अध्यापन हंदैन? किन सेस्कपियर, ड्रुकहाइम, एडाम स्मिथ, काम्टे, मालेनिविस्की, किपलिङ्ग, इम्यानुएल कान्ट, अरिस्टोटल, जोन लक, बेन्थमका सिद्धांत मात्र अध्यापन गराइन्छ? किन भने हाम्रो शिक्षा अहिले पनि उपनिवेशी ट्यामप्लेटमा खडा भएको छ। यो शिक्षाले रोजगार, कृषि सीप, उद्धम, हाम्रो समाजको अन्तरबिरोध र परीवर्तनको गति र प्रवृत्ति, हाम्रो गाउँको अर्थतन्त्रका गतिशक्ती र प्रेरक तत्वको ज्ञान दिंदैन। यस्ले प्रमाणपत्र धारी जागीरे तयार गर्छ।
४. शिक्षाले समाजको बिकासलाई माध्यम प्रदान गर्छ किनभने यस्ले समाजलाई गति प्रदान गर्छ।हिजो उपनिवेशमा रैथाने संस्कृति, धर्म, सीप, प्रबिधि र बिज्ञानलाई मासेर उपनिवेशि सोच निर्माण गर्नु थियो तेसैले युरोपेली इतिहास, सेतो-जातको सर्बोच्चता र क्रिश्चियन धर्मको खेती गर्न सहज हुने शिक्षा शुरु गरीयो। आजपनी तेही छ। हाम्रो शारीर नेपाली छ दिमाग युरोपेली सोचको फोटोकपी। तेसैले हामी "धनी र साम्राज्यवाद" का केन्द्रलाई ह्वाइट हाउस भन्छौ। धनिले गर्ने अपराधलाई "ह्वाइट कलर क्राइम" र ताट पल्टीदां "ब्लाक लिस्ट" भन्छौ। हामी राम्रो धोषणालाई म्यागना कार्टा भन्छौ र हाम्रा बौद्धिक ज्ञान लाई परम्परा।
५. आज हामी नवउपनिवेशको कैदमा छौं। तेसैले हाम्रो स्कुल राम्रो हुन अंग्रेज़ी नाम चाहिन्छ। राम्रो बिद्यार्थी राम्रो हुन अंग्रेजी बोल्ने हुनु पर्छ। राम्रो लभ लाई रोमियो जुलिएट भन्नू पर्छ। फेमेनिजम तिजमा रक्सी खाएर अभद्र हुनु भयो। सभ्यता घुष खाएर धनी हुनु भयो। सुन्दर हुनु भनेको सेक्सी हुनु भयो। विद्वान हुनु भनेको वोर्ल्ड बैंकको जागीरे।
के शिक्षा र गुरुहरुको आन्दोलनले उपनीवेशी ज्ञानका विरुद्ध पनि आन्दोलन गरेको हो? के गुरुहरुले देशको समृद्धिको पक्षमा पनि आन्दोलन गरेको हो? तपाइँहरुलाइ आफ्नो सम्मानका लागि आन्दोलन गर्ने अधिकार छ, तर देशको समृद्धिको सरोकार नराखी आफ्नो मात्र सम्मान खोज्दै हुनु हुन्छ भने तंपांइहरुको आन्दोलन गुरुहरुको आन्दोलन होइन मास्टरको आन्दोलन हुनेछ र त्यो झोलेहरुको स्वार्थि बिद्रोह हुनेछ। आज देशले शिक्षामा "आत्मनिर्णय को अधिकार" खोजेको छ। हाम्रो शिक्षा बिदेशी इतिहास, युरोपेली अर्थशास्त्र, युरोपेली समाजशास्त्र, पश्चिमी साहित्यको अध्यन होइन, हाम्रो ग्रामिण कृषिको सीप बिकास, मातृभाषाको बिकास र प्रयोग, जीवन उपयोगी उद्धम, हाम्रो धरातलीय अर्तशास्त्र, बिज्ञान र प्रबिधिको उन्नयन र नवप्रवर्तन तर्फ मुखरित हुनु पर्छ। हामिले राजनीतिको झोला फ्यांक्नु पर्छ कित शिक्षकको जागीर। बर्तमान विधेक नवउपनीवेशी शिक्षाको पक्षमा बनेको देखियो, भलै नियतमा शंका नगरौं। हाम्रो शिक्षाको दुई उदेश्य हुनुपर्छ।(१) उत्पादनमुखी पुंजीको बिकासद्वारा देशको आर्थिक संमृद्धी सुनिस्चित गर्ने बैज्ञानिक चेतनायुक्त जनशक्तिको निर्माण र (२) रास्ट्रको आत्मनिर्णयको अधिकार प्रयोग गर्न सक्ने देशभक्त राजनीतिक, आर्थिक, सामाजिक तथा न्यायिक बिज्ञहरुको उत्पादन। गुरुहरुको आन्दोलनको लक्ष्य यी कुरा भएनन भने यो आन्दोलन झोलेहरुको आन्दोलनमा सकिने छ।र यस आन्दोलनले केही थान देशघाती नेता जन्माउने छ। तर नेपाली समाजको रूपान्तरणको चक्षु भयो भने एउटा नंया इतिहासको बीउ हुनेछ।
साभार : डा. युवराज संग्राैलाकाे मुहारपुस्तिकाबाट