शनिबार, आश्विन १७ गते २०८३

संबिधान लागु भएकाे ९ बर्ष लाग्दा पनि देश र जनताका समस्या उस्तै


आश्विन ३, २०८० बुधबार
संबिधान लागु भएकाे ९ बर्ष लाग्दा पनि देश र जनताका समस्या उस्तै

काठमाण्डौ । आज देशमा पछिल्लाे संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले अनेक कार्यक्रम गर्दै छन् । टुँडिखेलमा हुने विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ ।संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान नेपालको मूल कानुन हो । तर यसको कार्यान्वयन पक्ष एकदमै फितलो भएको र यसले समाधाान दिन नसक्ने प्रष्ट भयाे भन्दै प्रश्न उठ्न थालेका छन् ।

एक त अर्थतन्त्र निजीकरणकाे बाटाेमा हिड्ने कुरा संबिधानले गरेकाे छ अर्काेतिर स्वास्थ्य, शिक्षा, राेजगारी लगायत माैलिक हककाे कुरा टाँसेर याे संबिधान समाजबादाेन्मुख पनि भनिएकाे बिराेधाभाषपूर्ण छ । अझ अर्काेतिर  संविधान कार्यान्वयनका लागि आवश्यक महत्वपूर्ण कानुनहरु निर्माण हुन नै सकेका छैनन् । संविधानले अधिकार दिए पनि संघीय कानुन, कर्मचारी, प्रहरी जनशक्तिलगायत अभावले प्रदेशले राम्रो सेवाप्रवाह गर्न सकेका छैनन् । सिंहदरबारको शासन सत्तामा बसिरहेका दल आफ्नो शक्ति हातबाट फुत्कन नदिनका लागि अझै पनि जोडबल गरिरहेका छन् । संविधान जारी भएपछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यस अनुसारको काम हुन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसक्दा नागरिकको दुःख र सास्ती अझै पनि उस्तै नै छ ।

यथार्थतः संबिधान प्रदत्त  निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुुत्ता, आवासलगायत दर्जनौँ आधारभूत हकहरूको अनुभूति आमनागरिकले अहिलेसम्म पनि गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानमा मात्रै सीमित रहेका छन् ।

 आज संविधान दिवसका अवसरमा शुभकामना दिँदै संबिधानका संरक्षक तथा पालनकर्ता  मानिने राष्ट्रपति रामचन्द्र पौडेलले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताउनुभएको छ । देशमाा आज सविधान दिवशको उपलक्षमाा सार्वजनिक विदा दिइएको छ।