शनिबार, आश्विन १७ गते २०८३

बर्ण ब्यबस्थाका बारेमा रजनीश - ब्राह्मण सबै शुद्र हुन्


आश्विन २, २०८० मंगलबार
बर्ण ब्यबस्थाका बारेमा  रजनीश - ब्राह्मण सबै शुद्र हुन्

ब्राह्मण कुनै पनि जन्मजात हुँदैन ।  अनि जसले आफुलाई जन्मजात ब्राह्मण सम्झेको छ त्यो भन्दा भ्रान्त धारणा अरु केही छैन । त्यस्ता ब्राह्मण ठान्नेहरुको स्थिति त शुद्रकोभन्दा पनि गए बितेको हुन्छ । शुद्रलाई त कम्तिमा पनि यति कुरा त थाहा हुन्छ कि ऊ शुद्र हो । भारतमा महात्मा गान्धि जस्ता मानिसले तिनको त्यो सोच पनि मेटाउने प्रयत्न गरेका हुन् र उनले शुद्रलाई भनेका हुन् कि ‘तिमीहरु हरिजन हौ, शुद्र होइन’ । जस्तो ब्राह्मणलाई भ्रान्ति छ कि ऊ जन्मजात ब्राह्मण हो, त्यसैगरी अब शुद्रका लागि पनि भ्रान्ति पैदा गरिदिइएको छ  ठूलाठालु जानकार मानिने मानिसहरुले ! जसलाई तिमी महात्मा भन्दछन् तिनले तिमीलाई हरिजन हौ भन्दैछन् । हरिजन ब्राह्मणकै दोश्रो नाम हो । जसले हरिलाई जान्यो उही हरिजन । जसले ब्रह्मलाई चिन्यो उही ब्रह्म या ब्राह्मण । त्यसपछि एउटा अर्को भ्रान्ति फैलाइयो कि केही मानिसहरु जन्मदेखि नै ब्राह्मण  हुन्छन् भने ।  कतिपयले भने कि हरिजन पनि जन्मदेखि नै हरिजन हुन् । अब हरिजन पनि लिडेढिपी कस्ने घमण्डी खालका छन् । किनभने तिनलाई पनि अहंकार जाग्यो ब्राह्मण भएको भनेर । मलाई सोधियो भने त भन्छु कि हामी सबै शुद्र जस्तै नै जन्मन्छौ । यसरी जन्मले त हामी सबै शुद्र हुन्छौं, न कोही ब्राह्मण, न कोही क्षत्री, न कोही शुद्र, न कोही हरिजन नै हुन्छ  । जन्मले त हरेक मानिस शुद्र हुन्छ । किनभने जन्मदा हामी सबै अज्ञानी हुन्छौ । अनि फेरि जन्म पछि हामीले के कस्तो यात्रा गर्दछौ त्यसमा हामी कस्तो हुन्छौ भन्ने कुरा निर्भर गर्दछ ।

brahmin-hinduism.jpg

यसमा १०० मा ९९ जना त शुद्र नै रहन जान्छौ । सयमा एक आध मात्र ब्राह्मण हुन पाउँदछन् । त्यसरी एक आध मात्रै ब्राह्मण भए पनि धेरै नै हो । सबैभन्दा ठूलो के बाधा यसमा छ भने हामी जन्मिदादेखिनै मान्ने गर्दछौ कि हामी ब्राह्मण हौं । एकदम त्यहीबाट भूल शुरु हुन्छ । जस्तो कि बिमार मानिसले ठान्दछ कि म स्वस्थ छु, कुरा खतम भयाे नै । अनि के उपचार गराउने, के औषधी गर्ने कुरै भएन । ब्राह्मण त बिमारी थियौ सदीयौंदेखि । यता महात्मा गान्धीको कृपाले शुद्र पनि बिमार बन्न पुग्यो । उसलाई पनि हरिजन बन्नुकै अस्मिताले गाँज्दै लैजान थाल्यो । यो हिन्दू र हरिजनका बीच ठाउँ ठाउँमा संघर्ष चलिरहेको छ, त्यसमा केवल ब्राह्मणको मात्रै हात छैन । ख्याल राखौं, त्यसमा त्याे हरिजनमा पैदा भएको लिडेढिपीअहंकार बाेक्नेहरूकाे पनि हात छ । म के भनिरहेको छैन भने जुन भइरहेको छ त्यो सबै ठिक ठाक भइरहेको छ। ब्राह्मणले जे गरिरहेको छ त्यो बिल्कुलै गलत छ, त्यही पाप हो । तर मानिसहरुले के सोच्दछन् भने कि यसमा केवल ब्राह्मणहरुको मात्र हात  भनिन्छ भने त्यो एकदमै गलत कुरा हुन्छ, त्यसरी नै हरिजनमा पनि  ब्राह्मण जे गर्दैछन् त्यस्तै घमण्ड गर्दछन् भने त्ये बिल्कुल गलत र अबाञ्छित कुरा हो । प्रष्ट छ पहिलाा कर्मले जात बन्ने गर्दथ्याे । कर्मणा जायते भन्ने गरिन्थ्याे । तर पछिबाट जन्मना जायते भन्न र ब्यबहार गर्न थालियाे । यसरी उच्च् र निच्चकाे ब्यबहार जन्मियाे ।