काठमाण्डौ । नेपालको इतिहासमा १५ सेप्टेम्बरको ठूलो र ऐतिहासिक महत्व छ । यसै दिन बिधिबत–घोषणापत्र, सेण्ट्रल अर्गनाइजिङ्ग कमिटी र अन्तरिम कार्यबिधि – सहीत नेपाल कम्युनिष्ट पाटीको स्थापना भएको हो । अभिबाजित रहँदासम्म यही १५ सेप्टेबरका दिन पार्टी स्थापना दिवस मनाउने गरिदै आएको हो । नेपालको राजनीतिक इतिहालाई नै नयाँ मोड दिने र सबै किसिमका बाह्य र आन्तरिक शोषण उत्पीडनबाट नेपाल नेपाली जनताको मुक्ति, समानता, न्याय र प्रगतिका निम्ति दिशाबोध गराउने शोषित पीडित श्रमजीवी जनताको अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक यो दिनलाई समेत आधारहीन र अनावश्यक रुपमा बिबादास्पद बनाउने गतिबिधिले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने काम मात्र हुँदै आएको छ । यसबारे द्वन्दात्मक भौतिकबादी किसिमले बस्तुबादी आधारम गम्भीर, गहन र गहिरो अध्ययन, अनुसन्धान गरौं र यथार्थलाई अंगीकार गरौ । हचुवा र पूर्बाग्रही किकिसिमले चल्दा इतिहासका सत्यतथ्यहरुको उजागर हुन सक्तैन ।

उक्त कुरा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायाणा सुबेदीले हिजाे नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको दिन ‘१५ सेप्टेम्बरलाई अभिबादन गरौं’ ! भन्ने पार्टीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताउनु भएको हो । उहाले आज जुन संकट देशमा उत्पन्न र ब्याप्त भएको छ त्यो राजनीतिक ब्यवस्था र अबस्था दुबैको संकट हो भन्ने उल्लेख गर्दै यसका बिरुद्ध संघर्ष गर्न नै नेपाल कम्युनिष्ट पार्टी लगायत सबै देश र जनताको अबस्थाप्रति चिन्तित र समर्पित बिभिन्न राजनीतिक दल, समूह, मोर्चा र अभियानका शक्तिहरु मिलेर भर्खरै राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल गठन भएको औंल्याउनु भयो । उहाले यस मोर्चालाई सुझबुझपूर्ण ढंगले सञ्चालन गर्दैै देशमा ब्याप्त राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका गम्भीरतम समस्या हल गर्न नेपाली जनतलाई गोलबन्द गर्न सिक्नु र सक्नु पर्ने आजको राष्ट्रिय आवश्यकता हो भन्ने कुरा प्रष्ट पार्नु भयो । उहाले कार्यक्रम मार्फत सम्पूर्ण नेपाली श्रमजीबि जनताई आफ्नो बर्गीय हक हितको रक्षा, समानता, न्याय र प्रगतिका लागि संघर्षको सही दिशामा लाग्न जाेडदार अपिल गर्दै यस महत्वपूर्ण दिनले सत्प्रेरण देओस् भन्ने शुभकामना दिनु भएको थियो ।

त्यस समारोहमा आमन्त्रित अतिथिकोरुपमा बोल्नु हुँदै राष्ट्रिय क्रान्तिकारी मोर्चाका पूर्ब संयोजक क. नारायण शर्माले नेपालको इतिहासमा १५ सेप्टेम्बर महत्वपूर्ण ऐतिहासिक दिन हो । तर पार्टी स्थापना दिवसका बारेमा बिबाद हुनु बिडम्बनापूर्ण छ भन्ने चिन्ता ब्यक्त गर्नु हुँँदै सत्य र तथ्यका आधारमा यसको निरोपण बिना आग्रह पूर्बाग्रह गर्न सके कम्युनिष्ट आन्दोलाई सही दिशा दिन, सुदृढ पार्न र आमूल परिबर्तनलाई सुनिश्चित गर्ने आधार तयार पार्न सकिने बिश्वास ब्यक्त गर्नु भयो । उहााँले नब गठित राष्ट्रिय क्रान्तिकारी माेर्चा नेपालले सबै क्रान्तिकारी कम्युनिष्ट, बाम-लाेकतान्त्रिक शक्ति समेटर राष्ट्रब्यापी संयुक्त संघर्षकाे संखनाद गर्ने दिशामा अग्रसर भइरहेकाे बताउनु भयाे ।

पर्टीका उपाध्यक्ष क. भीमप्रसाद सेढाईले कमरेड पुष्पलालले संयुक्त जन आन्दोलनलाई सही दिशा दिन जुन कार्यक्रम, नीति र संयुक्त जन आन्दोलनको मूलबाटो तय गर्दै बामपन्थी एकता र संयुक्त मोर्चाको प्रष्ट कुरा अघि सार्नु भयो त्यस परिप्रेक्षमा पार्टी स्थापना दिवसको बिबाद खडा गर्ने जुन काम भयो त्यसले आन्दोलनलाई कमजोर पार्ने सीवाय अरु केही काम गरेन भन्ने कुरा प्रष्ट पार्नु भयो ।
पार्टी दिवस समारोहमा उपस्थित आमन्त्रित अतिथिहरु तथा पार्टी कमरेडहरु सम्पूर्णलाई स्वागत गर्नु हुँदै नेपाल कम्युनिष्ट पार्टीका महासचिव क.शरणबिक्रम मल्लले सबैलाई १५ सेप्टेम्बरको शुभकामना दिनु भयो र भन्नु भयो – सबै किसिमका बाह्य हस्तक्षेप र आन्तरिक शोषक सामन्त तथा आम श्रमजीवी जनताका बीच कित्ताकाट भएको यो दिनले जनताको सुखमय र सुनिश्चित भबिष्यका निम्ति संघर्षको प्रष्ट दिशाबोध गराएको छ । यसलाई अनेक किसिमले बिबादास्पद बनाउनु र यसको मर्ममाथि प्रहार गर्नुले कसको हित गर्दछ प्रष्ट छ भन्नु भयो ।
कार्यक्रमका अतिथि नेपाल कम्युनिष्ट पार्टीका बयोबृद्ध अभिभावक तथा कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका संयोजक तथा कमरेड पुष्पलालसँग लामो समयसम्म सँगसँगै काम गर्नु भएका पूर्ब प्राध्यापक क.शिव भटराईले सबै उपस्थित महानुभावहरुलाई यस ऐतिहासिक दिनको शुभ कामना दिनु हुँदै कमरेड पुष्पलाललाई कमजोर र अन्तत कम्युनिष्ट आन्दोलनलाई नै बिबादास्पद तुल्याउन बाहेक पार्टी स्थापना दिवसको बिबादले अरु कुनै अर्थ राख्दैन भन्ने औंल्याउनु हुँद पुष्पललाका सबैजसो कृतिहरुमा उहाले १५ सेप्टेम्बर नै लेख्नु भएको छ भने कमरेड पुष्पलालसँगै आफु सहभागी भएका पार्टी दिवसहरु सबै यसै दिन मनाइएको यथार्थ सुनाउनु भयो र सबैलाई यस ऐतिहासिक दिनको शुभ कामना दिनुहुँदै यस दिनबाट उच्च क्रान्तिकारी प्रेरणा लिन आग्रह गर्नु भयो ।
नेपाल कम्युनिष्ट पार्टीका सचिव क. महेन्द्रजोशीले सञ्चालन गर्नु भएको यस महत्वपूर्ण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पदाधिकारी र नेतृत्वका कमेरेडहरु तथाा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका बिभिन्न घटकका प्रतिनिधि कमरेडहरुको समेत उपस्थिति रहेको थियो ।
नेपालपत्र संवाददाता