‘नाडा अटो शो २०२३’ आजबाट शुरु भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा एक समारोहबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका हुन् ।
६ दिनसम्मसम्म चल्ने अटो शोमा विद्युतीय गाडी प्रमुख आकर्षणको रुपमा रहने जनाइएको छ । साथै अन्य नयाँ मोडलका गाडीहरू प्रदर्शनमा राखिएको आयोजक अटोमोबाइल्स एसोसिएशन अफ नेपाल(नाडा)ले जानकारी दिएको छ ।
चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे गाडी तथा ढुवानीका गाडीहरु, स्पेयर पार्ट्स, टायर टयुब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुसमेत प्रदर्शनीमा राखिएको नाडाले जनाएको छ । प्रदर्शनीको एक लाखभन्दा धेरै दर्शकले अवलोकन गर्ने र झण्डै २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा नाडाको छ ।
हरेक वर्षको हुँदै आएको अटो शो चार वर्ष पछि हुन लागेको हो । कोभिड महामारी र गाडीको आयातमाथि लागेको प्रतिबन्धका कारण तीन वर्षदेखि अटो शो हुन सकेको थिएन ।