आइतबार, कार्तिक ९ गते २०८३

गरिमा बैंकले “गरिमा तीज” प्रतियोगिता गर्ने , उत्कृष्ट भिडियोलाइ पुरस्कार

भाद्र २५, २०८० सोमबार
गरिमा   बैंकले “गरिमा तीज” प्रतियोगिता गर्ने , उत्कृष्ट भिडियोलाइ पुरस्कार

गरिमा विकास बैंकले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिनेछ ।  

साथै, हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु  बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमा तीज” पनि सार्वजनिक गरेको छ ।  बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई रु ३० हजार द्धितियलाई रु २० हजार  तृतियलाई रु १० हजार  र बाँकि ७ वटा भिडियोलाई जनही रु ५ हजार  सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ ।

यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा  बैंकले तोकेको सम्पूर्ण नियम तथा शर्तहरुको पूर्ण पालना गर्नुपर्ने हुन्छ । हाल, यस गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम र डिजिटल बैंकिङ् (गरिमा डिजी बटुवा, डेविट÷क्रेडिट कार्ड, स्मार्ट क्यू.आर. लगायत) मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।