जी – २० समूहको कूटनीतिक मञ्चमा गएको शनिवार भारतले ऐतिहासिक बिजय हासिल गरेको भनिदैछ ।त्यसको पछाडिको उसले जी–२० शिखर सम्मेलनमा उत्पन्न गतिरोधलाई समाप्त पार्दै समूहमा आबध्द सबै देशहरुलाई एउटा साझा घोषणापत्र जारी गर्न सहमत गराएको कुरा प्रस्तुत गरिदैछ । यो साझा घोणणपत्र जारी गरिनुलाई नै ऐतिहासिक उपलब्धि मानिएको छ । किनभने यूक्रेन युध्दलाई लिएर बिबादको कुरामा रूमल्लिएका सबै देशलाइ मिलाएर यस्तो साझा घोषणापत्र जारी गर्दै यसको –८३ अनुच्छेदमा सबै सहभागी देशले सहमति जनाए । यसैलाई भाारतको ठूलो कूटनीतिक सफलता भएको उल्लेख गरिदैछ ।
निश्चय नै त्यो घोषणापत्रमा यूक्रेन युध्दको उल्लेख गरिएको भने छैन तर त्यहाँ समग्र तथा स्थयी शान्ति स्थापनाको कामना भने अबश्य गिरएको छ । शीखर सम्मेलनको पहिलो सत्रको अध्यक्षता गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अफ्रिकि यूनयनलाइ जी – २० को सदस्य बन्ने प्रस्ताव गरे । त्यसलाइ सर्ब सम्मतिले स्वीकार गरिएको थियो । मोदीले गत बषर् २०२२ मा नै बाली शीखर सम्मेलनमाा अफ्रिकी यूनियनलाई यो जी – २० समूहको सदस्यता दिलाउने प्रतिबद्धता जाहेर गरेको थियो । यो यूनियनमा अफ्रिकी महादेशका ५५ देशहरू सम्मिलित छन् । यो समूह जी–२० मा प्रबेश गर्दा जी–२० मा प्रबेश गर्दा यो सबल हुन्छ भन्ने मानिदैछ । भारतको अध्यक्षता कालको यो एउटा साझा र सकारात्मक पक्ष मानिने छ ।
अफ्रीकी यूनियनका देशहरूमा यस पहलकदमीले भारतको साख पिन बढाइिदएको छ । त्यो शीखर सम्मेलनले भारतको भर्खरै सफल भएको चन्द्रयान – ३ को सफलताका निम्ति पनि बधाइ दिएको छ । घोषणापत्रमा ठूलो कुरा के रहेको मानिदैछ भने शान्तिका लागि सबै बर्गको प्रतिबध्दतालाई महत्वपूर्ण भन्ने संज्ञा दिइएको छ र सबैखाले आतंकवादको निन्दा गरिएको छ । अब सबै देशलाई साथमा लिएर हिड्ने र साना र अल्पबिकसित देशहरूलाई साथमा लिएर हिड्ने कुरा ब्यवहारमा कत्तिको खरो उत्रिने हो त्यसले अर्थ राख्दछ । हुन त यो घोषणापत्रलाई अहिलेसम्मकै सर्बाधिक ब्यापक घोषणापत्र भन्न सकिने पनि भारतको दाबी छ। त्यसको पुष्टिका लागि के उल्लेख गिरदैछ भने यसमा महिला सशिक्तकरण, लैंगिक समानता तथा पर्यावरणका मुद्दाहरूमा बढी नै गम्भीरता दर्शाएको उल्लेख गरिदैछ । स्वच्छ जैबिक इन्धनको उपयोग गर्न बढावा दिने दिशामा सबै यसका सदस्य देशहरूलाई पंक्तिबद्ध गरिने कुरा पनि यसमा झल्किन्छ । आयोजना निर्बिघ्न सम्पन्न गर्नमा भारतलाई श्रेय जान्छ नै ।