शनिबार, आश्विन १७ गते २०८३

हस्तकला महासंघको आयोजनामा सम्पदा पदयात्रा

भाद्र १७, २०८० आइतबार
हस्तकला महासंघको आयोजनामा सम्पदा पदयात्रा

नेपाल हस्तकला महासंघले सम्पदा पदयात्रा कार्यक्रम गरेको छ । महासंघको कला तथा शिल्प परिषद्को आयोजना र ललितपुर महानगरपालिका, उद्योग, पर्यटन तथा संस्कृत संरक्षण समितिको सहकार्यमा सम्पदा पद यात्रा –२०८० सम्पन्न गरेको हो । 

ललितपुर महानगरपालिकाका उप प्रमुख मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम शुभारम्भ गरिएको थियो । 
उप प्रमुख शाक्यले प्राचीनकालमा पुर्खाहरुले निर्माण गरिएका अलौकिक कलाकृति, मन्दिर, देवालय, सम्पदाका कारण नेपाल विश्वमा परिचित भएको चर्चा गर्दै आजको परिवेशमा विद्यमान संस्कृति एवं सम्पदालाई अझ जीवन्त राख्नुपर्नेमा बताइन् ।

सो अवसरमा महासंघका अध्यक्ष श्री प्रचण्ड शाक्यले अतिथि एवं यात्रामा सहभागी हुनु हुने कलाकार, विभिन्न संस्थाका प्रतिनिधिहरुको स्वागत गर्दै यस क्रममा उहाँले नेपालको मौलिक कला र संस्कृतिका कारण नेपालले विश्वमा प्रसिद्धि कमाउन सकेको जाए । सँस्कृतिबारे सबैले राम्रो जानकारी राख्नु पर्ने र समयानुकुल ऐतिहासिक कलाकृति, संस्कृति तथा सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिए । 

सम्पदा यात्राको क्रममा सहभागीहहरुले ललितपुरस्थित  हिरण्यवर्ण महाविहार (क्वाःबहाल), दीपावती महाविहार (गुँईतबही),  मयुरवर्ण महाविहार (भिन्छेबहाल) र रुद्रवर्ण महाविहार (ओकुबहाल) को स्थलगत रुपमा भ्रमण गरी सम्बन्धित विज्ञहरुबाट जानकारी लिनुका साथै गुँला धार्मिक अवसरमा प्रदर्शित सम्पदाहरुको अवलोकन गरिएका थिए । विभिन्न निकायका प्रतिनिधि, कलाकार, उद्यमी, व्यवसायीहरु गरी ८० जना भन्दा बढीको सहभागिता रहेको थियो ।