शनिबार, आश्विन १७ गते २०८३

क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र राष्ट्रिय क्रान्तिकारी माेर्चा, नेपालका बीच संयुक्त संघर्ष उठाउने बारे गहन छलफल


भाद्र १४, २०८० बिहीबार
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र राष्ट्रिय क्रान्तिकारी माेर्चा, नेपालका बीच संयुक्त संघर्ष उठाउने बारे गहन छलफल

काठमाण्डाै । देशमा बढ्दाे साम्राज्यबादी  हस्तक्षेप र बिकराल हुँदै गएको   आन्तरिक  अबस्थाका सन्दर्भमा र बामपन्थी शक्तिहरुले खेल्नुपर्ने अहं भूमिकाका बारेमा आज भाद्र १४ गते दिउसाे १ बजे देखि २ बजेसम्म राष्ट्रिय कान्तिकारी माेर्चा, नेपालकाे प्रतिनिधि मण्डलले क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालाका अध्यक्ष मोहन बैद्य 'किरण'सँग कुपण्डोलमा भेटेर  महत्वपूर्ण छलफल गर्यो ।

groupphoto.jpg
त्यसक्रममा अनबरत संघर्षाशील कम्युनिष्ट नेता 'किरण'ले मिलेका साझा राष्ट्रिय बिषयहरुमा कार्यगत एकता र सहकार्यका बारेमा बिगतदेखिनै साझा संघर्ष उठाउने गरेको अनुभव सुनाउँदै अव पनि त्यो क्रम  दृढतापूर्ब चलााउन पर्ने, त्यस्तो साझा संघर्ष चलाउन आफ्नो पार्टीले बार्ता समिति नै बनाएको र त्यसले छलफल अघि बढाउने कुरा राख्नु हुँदै  र दीर्घकालीन प्रकृतिको मोर्चा निर्माण गर्न गहन छलफलमा अघि बढ्नु पर्ने, नयाँ जनबाद र बैज्ञानिक समाजबादलाई रणनीति मान्ने कम्युनिष्ट पार्टीहरु बीच प्रष्ट हुनु पर्ने र  सामञ्जस्य कायम गर्नु पर्ने  धारणा राख्नु भयाो । उहाँले मोर्चाको अबधारणा पढेर सकरात्मक दिशामा थप कुराकानी अघि बढाउने बिचार त्यस अबसरमाा ब्यक्त गर्नु भयो ।

Barta.jpg
त्यस अबसरमा क. किरणलाई राष्ट्रिय क्रान्तिकारी मोर्चाको अबधारणापत्र २०८० प्रदान गर्दै राष्ट्रिय क्रान्तिकारी मोर्चाका घटक नेताहरु नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क.लोकनारायण सुबेदी, मोर्चाका संयोजक क. नारायण शर्मा र स्वतन्त्र ब्यक्तित्व क. पुष्कर गौतम र जनप्रतिराेधका नेता क.संगीत श्रोताहरुले मोर्चाको अबधारण, संयुक्त आन्दोलनलाई सही दिशा दिन र सशक्त पार्न खेल्नुपर्ने भूमिका तथा मोर्चाले आन्दोलनलाई मूलतः प्रतिगमन र  साम्राज्यबाादको बिरोधमा केन्द्रित गर्दै र राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र जनजीबिकाका ज्वलन्त राष्ट्रिय समस्या हल गर्न संघर्षलाई सघन र सशक्त तुल्याउनु पर्ने कुरामा जोड दिदै बिषयहरु राख्नु भएको थियाो 

Morhakacomrades.jpg
छलफल कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पाार्टीका तर्फबाट अध्यक्षक. किरणका अतिरिक्त शीर्ष  नेताहरु क. धर्मेन्द्र बास्तोल, क. रामसिंह श्रीस, र क.इन्द्रमोहन सिग्देल हुनु हुनुहुन्थ्यो भने मोर्चाको तर्फबाट नेकपाका अध्यक्ष क. लोकनारायण सुबेदी, माेर्चाका संयाेजक क. नारायण शर्मा, नेकपा(रातोतारा)का महासचिव क.लक्ष्मण उप्रेती, मोर्चाका नेता स्वतन्त्र ब्यक्तित्व क. पुष्कर गौतम, पुष्पललाल ज्ञानशालाका संयोजक क.ललितजन रावल,जनप्रतिराेधका नेता द्वय क.शैलज पाैडेल र क.संगीत श्रोता, मार्क्सबाद तथा पुष्पलाल बिचार मञ्चका नेता क.महेश्वर श्रेष्ठ र जन समाजबादी मञ्चका संयाेजक क. भूमि देबकोटा सम्मिलित हुनुहुन्थ्यो ।